Tuesday, April 30, 2013

चितुवाको आक्रमणबाट बालकको मृत्यु

१८ वैशाख, काभ्रे । काभ्रेमा चितुवाको आक्रमणमा परी एक बालिकाको मृत्यु
भएको छ । गएराति चितुवाले आक्रमण गर्दा काभ्रेको मेथिनकोट गाविस वडा
नम्बर ९ भेडाबारीका मोहन भूर्तेतलको मृत्यु भएको हो ।
खाना खादैँ गरेका केशव प्रसाद भूर्तेलका दुई बर्षका छोरा मोहनलाई राति ८
बजेतिर चितुवाले आक्रमण गरी जंगल तर्फ लगेको थियो । स्थानीय बासिन्दा,
भकुण्डे र बालुवा प्रहरी चौकीको सहयोगमा राति अबेर घरदेखि २ सय मिटर टाढा
रहेको लप्से जंगलमा बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय
काभ्रेले जनाएको छ ।
चितुवाले दुई वटा खुट्टा खाइसेको अवस्थामा बालकको शव भेटिएको स्थानीय
बासिन्दाहरुले बताएका छन् ।

No comments:

Post a Comment