Saturday, April 20, 2013

कपिलवस्तुमा बस दुर्घटना, ३ को मृत्यु

८ वैशाख, कपिलवस्तु । कपिलवस्तुमा भएको यात्रुबाहक बस दुर्घटनामा तीन
जनाको मृत्यु भएको छ । १५ जना भन्दा धेरै घाइते भएका छन् । दुर्घटनामा
परी मृत्यु भएका दाङ्ग सिसहनिया ४ कि ३० वर्षकी विनाकुमारी चौधरी, दनलखा
हेडवु ६ घरभई जुम्लास्थित नेपाली सेनाको २४ नम्वर वाहिनीमा कार्यरत
सिपाही २६ बर्षका राजन रायको मृत्यु भएको छ भने एक बालकको परिचय खुलेको
छैन ।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । कपिलवस्तुको शिवपुर
उमारीचोकमा ना ४ ख ७३ ९८ नम्बसरको बसले रोकिराखेको ना ३ ख ५१६८ नम्बरको
ट्रकमा ठोकिँदा दुर्घटना भएको हो । बागलुङबाट बर्दियाको कोठियाघाका लागि
छुटेको बस दुर्घटना भएको हो

No comments:

Post a Comment