Saturday, April 20, 2013

खोलाले यात्रुवाहक बस बगायो

सर्लाही, वैशाख ८ (नागरिक) - सर्लाहीमा कालिन्जोर खोलाले यात्रुवाहक बस
बगाएको छ। सर्लाहीको लालबन्दीबाट कपिलाकोट छाप धमिलेको लागि छुटेको बस
कालिन्जोर खोलाले बगाएको हो। परवानीपुर गाविसको बोहोरे गाँउमा ना २ ख
६५७७ बस खोलाले बगाएपनि यात्रु सकुशल रहेको परवानीपुर चौकीका इन्चार्ज
प्रहरी सहायक निरीक्षक रविन्द्र बस्नेतले बताए।
सामान्य घाइते आधा दर्जनभन्दा बढी यात्रुहरुको सामान्य उपचार गरी पठाइएको
उनले बताए।
सिन्धुली जाने क्रममा शनिबार अबेर राति खोलामा आएको बाढीले बस बगाएको हो।
पटक-पटक बस फसेपछि नजाने निर्णय गरी फर्कने क्रममा साँझ ६ बजे घनघोर
पानीसँगै कालिन्जोर खोलामा आएको बाढीले बस बगाएको यात्रु कुमार लामाले
बताए।
बससँगै सबै यात्रुको सरसमान समेत बगेको छ।

No comments:

Post a Comment