Friday, April 19, 2013

नोयडामा १७ वर्षीया नेपाली युवती बलात्कृत

६ वैशाख, नयाँ दिल्ली । दिल्ली नजिकैको नोयडामा १७वर्षीया नेपाली युवती
घर मालिकबाटै बलात्कृत भएकी छिन् । घरेलु कामदारका रुपमा कार्यरत रहँदा
उदयपुरको गाइघाट घर भएकी उनलाई ८ अपि्रलमा बलात्कार भएको हालै खुलेको हो

नयाँ दिल्लीको सफ्दरजंग अस्पतालमा उपचार भइरहेको युवतीको अवस्था गम्भीर
रहेको नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले जानकारी
दिए । उनका अनुसार घरमालिकका छोराले बलात्कार गरेपछि अचेत अवस्थामा
उपचारका लागि ल्याइएको थियो । युवतीको परिवारले दोषीमाथि कडा कारबाहीको
माग गरेका छन् ।
हाल अस्पतालमा युवतीका दाजुसँगै रहेका र उनले आफूहरूलाई मिलापत्र गर्न
दबाब आइरहेको जानकारी गराए । दिल्लीमा अर्की नेपाली युवती बलात्कारको
घटनापछि गोप्य रहेको उक्त घटना समेत उजागर भयो ।
यसैबीच दिल्लीमा नेपाली युवती बलत्कार घटनामा संलग्न रहेकेा अभियोग
लागेका दुई जना निर्दोष पाइएका छन् । उनीहरूलाई प्रारम्भिक अनुसन्धानबाट
निर्दोष पाइएपछि अन्य आशंकितमाथि अनुसन्धान बढेको प्रहरीको भनाई छ ।
घटनापछि अस्पताल अगाडि नेपालीहरू भेला भएर धर्ना दिइरहेका छन् । उनीहरूले
दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । नयाँ दिल्लीस्थित सफ्दरजंग
अस्पतालमा उपचार गराइरहेकी युवतीको बयानका आधारमा अनुसन्धान भइरहेपनि
घटना झनै रहस्यमय बनेको छ । सिन्धुपाल्चोक घर भएकी युवतीमाथि बुधबार राति
बलात्कार भएको थियो ।

No comments:

Post a Comment