Thursday, April 25, 2013

कतारमा नेपालीले जिते ८ करोडको चिठ्ठा

१३ बैशाख, काठमाण्डौ । कतारको दोहास्थित अन्तराष्ट्रिय बिमानस्थलको
ड्युटी फ्रि पसलमाखरिद गरेका नेपाली नागरिक डिल्लीराम पराजुलीले करिव ८
करोड ७० रुपैयाँ बराबरको चिठ्ठा जितेका छन ।
पराजुलीको १९२२ नम्बरको चिठ्ठाले बिहीवार १० लाख अमेरिकी डलर जितेको हो ।
लक्की ड्रमार्फत् छानिएको चिठ्ठामा यस प्रकारको रकम जित्ने पहिलो नेपाली
भएको कतार ड्युटी फ्रिले जनाएको छ ।
कतार एयरवेजको प्रमुख कार्यकारी अधिकृत अकबर अल बकरले चिठ्ठाको बिजेता
घोषणा गरेका थिए ।
कतार ड्युटी फि्रले सन् २००६ देखि संचालन गरेको 'वन मिलियन डलर र्‍याफल'
सुरु गरेको थियो । यस्तो चिठ्ठा जित्ने पराजुली १२ ब्यक्ति हुन् ।
कतारको ड्युटी फि्रलाई लक्षित गरि सुरु गरिएको यो चिठ्ठा किन्न ९ सय ५०
रियाल खर्च गर्नुपर्छ । दोहा बिमानस्थलमा उत्रने, त्यहाँ हुँदै अन्यत्र
उड्ने र ट्रान्जिटमा बस्नेले पनि यस्तो चिठ्ठामा सहभागी हुन पाउँछन ।
एकैपटक ८ करोड ७० लाख रुपैयाँको चिठ्ठा जितेर भाग्य चम्काउने पराजुलीका
बारेमा विस्तृत बिबरण भने खुलाइएको छैन । यसअघि यो चिठ्ठा ८ जना भारतीय,
दुई जना अमेरिकी र एक फिलिपिनोले हात पारिसकेका छन ।

No comments:

Post a Comment