Thursday, April 25, 2013

घरेलु हिंसामा ९ महिनामा ९ महिलाको हत्या

काँकडभिट्टा, वैशाख १३ - देशभर महिला हत्या र हिंसाका घटना बढिरहेका बेला
झापामा पति,घरपरिवार तथा अन्यबाट हिंसाको शिकार भएर पछिल्लो ९ महिनामा ९
जना महिलाको हत्या भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार प्रायः घटना पतिको कुटपिटका कारण
भएका छन् ।'अधिकांश हत्यामा पतिको संलग्नता देखिन्छ', झापाका प्रहरी
उपरीक्षक शेरवहादुर वस्नेतले कान्तिपुरसंग भने, 'मादक पदार्थ यसको मुख्य
कारण हो।' यो अवधिमा ४ महिला गम्भीर घाइते भएका छन् । २५ महिला र बालिका
जर्वजस्ती करणीको शिकार भएको पाइएको छ ।
महिला माथिको हिंसाका अधिकांश घटनामा मादक पदार्थ सेवन कारक वन्ने गरेपनि
वैदेशिक रोजगारीलगायतका अन्य घरायसी समस्यावाट पनि महिलाले अनाहकमा ज्यान
गुमाउनु परेको प्रहरी अनुसन्धानवाट खुलेको छ । 'वैदेशिक रोजगारीले झन्
गम्भीर अवस्था सिर्जना गरेको पाइयो', प्रहरी उपरीक्षक वस्नेत भन्छन्,
'पति, पत्नीवीचको असमझदारीका कारण प्राय घटना हुने गरेको छ ।' माघ १२ गते
झापाको मेचीनगर १० कि ३२ वर्षीया कुन्ती राईलाई पति ऋषिले घरायसी
विवादमा कुटपिट गरी हत्या गरे ।
चैत १९ गते सुरुंगा ४ इलुवावारीका ३५ वर्षीय रेशम विकले सामान्य
विवादकावीच मसला पिध्ने सिलौटीले हिर्काएर पत्नी सुनिताको इहलीला समाप्त
पारिदिए । वैशाख ४ गते राजगढ ५ मा पर्ने भुतेनी खोलाको किनारमा स्थानीयले
४५ वर्षीया सुमी मुर्मु नामकी एक महिलाको कंगाल फेला पारे । जसलाई
सुमीका ६३ वर्षका पति चुड्काले हत्या गरी फालेको खुल्यो ।
गत महिना मेचीनगर ११ भान्सा खोलाकी ३४ वषर्ीया महिला तारा पौडेलले
छिमेकीको कुटाईवाट ज्यान गुमाउनु पर्यो । शनिश्चरे ७ कि महिला गोमा रिमाल
छिमेकी युवाको तेजाव आक्रमणका कारण उपचार अभावमा छट्पटाइरहेकी छन् भने
त्रिदेव क्याम्पस चारआलीमा अध्ययनरत नर्वदा सुवेदीलाई एक पुरुषले छुरा
प्रहार गरी घाइते तुल्याएका छन् ।
अन्तरपार्टी महिला संजाल झापाकी अध्यक्ष संगीता रौनियारले फितलो कानूनी
व्यवस्थाका कारण महिला हिंसाका घटनाले वढोत्तरी भएको बताइन् । रौनियारले
भनिन्,'प्रभावकारी कानून र दण्डहीनताको अन्त्य नभएसम्म हिंसा रोकिनेवाला
छैन ।''
कानूनी सहयोग तथा परामर्श केन्द्र -ल्याक) का अनुसार पछिल्लो एक वर्षमा
जिल्लामा महिला हिंसा सम्वन्धिका १ हजार ५ सय भन्दा वढी मुद्दा दर्ता
भएको छ । संयोजक लक्ष्मी खनालले भनिन्', हिंसाका मुद्धा दर्ताको चाङले
झापामा महिला हिंसा दिनहु वढ्दो देखिन्छ ।' खनालका अनुसार अधिकांश मुद्धा
पति -पत्नीवीचको विवादका छन् ।

No comments:

Post a Comment