Saturday, April 27, 2013

जग्गेबाटै चोरियो लगनगाँठो

१५ वैशाख, काठमाण्डौं । विवाहमण्डपमा हर्षोल्लास छ । छेउमा बाजाको तालमा
नाच चलिरहेको छ । जन्ती लोकन्ती आआफ्ना झुन्डमा गफिँदै बिहे नियाल्दैछन्
। दुलाहा दुलहीलाई छेड हान्दै मण्डपको माहोल तलाउनेको कमी छैन । सबै आ
आफ्नै सुरमा छन् ।
मण्डपमा एउटा अपरिचित (जसलाई लोकन्तीले जन्ती, जन्तीले लोकन्ती र
कसैकसैले पुरोहितका सहयोगी ठानिरहेका छन् ) को सक्रियता हेर्न लायक छ ।
अग्लो ख्याउटे अनुहार, क्याप लगाएको दुबै पक्षलाई सहयोग गरिरहेको छ । यसो
गर्नुस्, यसो गर्नुस् भनेर खटनपटनसमेत गर्दैछ । यतिकैमा खाने समय भयो,
सबै भोदभत्तेर खान खुवाउन व्यस्त भए ।
- -
खानपिनपछि बाँकी विवाह प्रक्रिया सुरु भयो । दुलाहा दुलहीले लगनगाँठो
समातेर जग्गे परिक्रमा गर्ने बेला भयो । पुरोहितले विवाह सम्बन्ध दिगो
बनाउन राम्ररी कसिएको लगनगाँठो समातोर जग्गे परिक्रमा गर्न दुलाहा
दुलहीलाई अह्राए ।
लौ बर्वाद ! अघिसम्म जग्गेमै रहेको लगनगाँठो त्यहाँ देखिएन कसले, कहाँ
लग्यो ? हल्लीखल्ली भयो, तर भेटिएन । अचम्म त अघि लगनगाँठो कस्न सघाउने
ती अनौठा व्यक्तिपनि त्यहाँ देखिएनन् ।
लगनगाँठो त उनैले टप्काएर भागेछन् । प्रहरी बोलाइयो । केहीबेरमै प्रहरी
आएर निरीक्षण गरे । लगनगाँठो चोरिको ती अनौठा व्यक्ति कसैको निम्तालु वा
सहयोगी नभएको चोर नै भएको खूल्यो । पण्डितले नयाँ लगनगाँठो कस्न लगाएर
विवाह सम्पन्न गरे ।
चलचित्रको दृश्यझै यो घटना सामाखुसीस्थित एबी पार्टी प्यालेसमा शुक्रबार
भएको विवाहको हो । प्रहरीलाई खबर गर्नै र आफन्तले समेत वरपर खोजी गरे पनि
चाृेर भेटिएन । विवाहमण्डपमा फोटो र भिडियो खिज्नेहरुले पनि उनलाई नजिकको
मान्छे ठानेर ती व्यक्तिलाई फोकस गरेको बताए । हराएको लगनगाँठो चोर त्यही
भिडियो हेरेर पहिचान भयो । पत्यक्षदर्शीका अनुसार ती व्यक्तिले कम्तीमा
एक डेढ घण्टा विवाहमण्डपमा सघाउँदा पनि दुवै पक्षका आफन्तले पत्तो पाएनन्

आफन्तका अनुसार ती व्यक्तिले जग्गेका विभिन्न ठाउँमा कति पैसा राख्ने
भन्नेसमेत बारम्बार सल्लाहदिए । उनले सुरुमै दुलहीकी आमालाई 'विदेश बस्ने
ज्वाई, इज्जत सवाल हो' भन्दै लगनगाँठोमा कम्तीमा १४-१५ हजार राख्न सुझाव
दिएका थिए । दुलही पक्षका अनुसार लगनगाँठोमा १४ हजार राखिएको थियो ।
लगनगाँठोमा दुलाहा पक्षले कम्तीमा दुलही पक्षले राखेजति रकम राख्नै पर्छ

दुवै पक्षलाई पैसा राख्न लगाएपछि ती व्यक्तिले दुलाहा र दुलहीलाई
लगनगाँठो कस्न लगाएका थिए । त्यसपछि उनले अरु खाना खान गएको मौका छोपी
ट्याक्सी चढेर भागेको स्थानीयलाई उदृत गर्दै नागरिक दैनिकले खबर छापेको छ

यता प्रहरीले भने लिखित उजुरी नआएको बताएको छ । भिडियोसहित लिखित उजुरी
आए तत्काल खोज्न सकिने सामाखुसीस्थित तिलिङटार प्रहरी प्रभागका सइ
आदित्यसिंहले बताए ।

No comments:

Post a Comment