Saturday, April 27, 2013

८ करोडको चिठ्ठा पारेका डिल्लीराम भेटिएनन्

दोहा (कास), वैशाख १५ - दोहा विमानस्थलमा १० लाख अमेरिकी डलर -झन्डै ८
करोड ८७ लाख रुपैयाँ) चिट्ठा पर्ने नेपाली डिल्लीराम पराजुलीको खोजी हुन
थालेको छ । 'ड्युटी फ्री' को उक्त भाग्यशाली चिट्ठाले पराजुलीलाई बिहीबार
करोडपति बनाएपछि स्थानीयबीच ठूलो चर्चा छ । डिल्लीरामको नेपालको पूरा
ठेगाना पत्ता लागेको छैन भने उनी चिट्ठा दाबी गर्न अहिलेसम्म आएका छैनन्
। कतार एयरवेज तथा कतार ड्युटीप|mी सपका प्रमुख कार्यकारी अधिकृत अकबर
अलवाकरले बिक्री भएका पाँच हजार चिट्ठाबाट एउटा रसिद निकाल्दा पराजुलीको
भाग्य चम्किएको हो । सार्वजनिक रूपमा गरिएको कार्यक्रममा १९२२ नम्बरको
चिट्ठा निकाल्दै प्रमुख कार्यकारी अधिकृत अलवाकरले पराजुलीलाई 'बधाई'
दिएका थिए । अहिले कतारमा रहेका विभिन्न संघसंस्थाका व्यक्तिहरू उनको
खोजीमा लागेका छन् । यति ठूलो पुरस्कार हात पार्ने पराजुली १२ औं
भाग्यशाली व्यक्ति हुन् । आयोजकले कतारमा कम्पनीले राखेको यो सबैभन्दा
ठूलो राशिको चिट्ठा भएको दाबी गरेको छ । 'कतारको कम्पनी इतिहासमा यति
ठूलो नगद पुरस्कार राख्ने हामी पहिलो हौं,' उनले भनेका छन्, 'दोहा
विमानस्थलबाट जाने यात्रुका लागि यो अभियान जारी राख्न पाउँदा निकै खुसी
छौं ।' दोहा विमानस्थल आउने, जाने र उच्च अधिकारी कक्षमा यो चिट्ठा लिन
पाउने व्यवस्था छ । उसले पाँच हजार चिट्ठा बिक्री हुनासाथ लक्की ड्रबाट
विजेता छान्ने गरेको छ । यसअघि गत जनवरी १ मा लक्की ड्र गर्दा
भारतीयनागरिक गोपालन नैर बाबुगोपालले पाएका थिए । अलवाकरका अनुसार
वाषिर्क ३५ वटा अन्तर्राष्ट्रिय विमानबाट दोहा विमानस्थलले २ करोड ५० लाख
यात्रुलाई सेवा दिइरहेको छ । कतारले हाल अर्को सुविधासम्पन्न विमानस्थल
बनाइरहेको छ । अपि्रल १ बाट सञ्चालनमा आउने भनिए पनि सुरक्षाको कारण
देखाउँदै सुरु गरेको छैन ।

No comments:

Post a Comment