Monday, April 29, 2013

डरलाग्दो रेष्टुरेन्ट, जहाँ भुतले खाना टक्राउँछ्, लाससँग बसेर खानुपर्छ

विश्वमा एउटा यस्तो रेष्टुरेन्ट छ जहाँ छिर्दैमा मान्छे थरथर काँप्न
थाल्छ । डर नलागोस् पनि किन रेष्टुरेन्ट छिरेका पाहुनलाई भुतले नै स्वागत
गर्छ, भुतले नै खाना टक्राउँछ । अनि अझ डर लाग्दो कुरा त के भने खाना
खाँदा पनि मरेका मान्छेको लाश सँगै बसेर खानुपर्छ । हो, स्पेनको ला
मासिया एंकांटडा रेष्टुरेन्ट विश्वको सबैभन्दा डरलाग्दो रेष्टुरेन्ट हो ।
त्यहाँ भुतले दिएको खाना लाशसँग बसेर खानुपर्छ ।
हन्टेड रष्टुरेन्टको नामले पनि चिनिने यो रेष्टुरेन्ट सन् १९७० मा बनेको
हो । रेष्टुरेन्ट छिर्ने बित्तिकै हातमा रगत लतपतिएको चक्कु, तरवार तथा
हँसिया लिएको भुतले स्वागत गरिहाल्छ । भोजन गर्न बस्ने कुर्सी नजिकै
यत्रतत्र लाश हुन्छन् । तिनै लाशसँग बसेर नडराई भोजन गर्नु पर्छ । खाने
खाने समय भुतको नाटक पनि देखाइन्छ । तिन घण्टाको उक्त नाटक हेर्दै
डरलाग्दो हुन्छ र विभिन्न भुताहा कहानी प्रस्तुत गरिन्छ । साँच्ची
दहि्रलो मुटु भएकाहरु बाहेक यो रेष्टुरेन्टमा छिर्ने हिम्मत अरु कसले
गर्लान् र ?
यो रेष्टुरेन्टमा मुटुरोगी, दमरोगी तथा गर्भवती महिला र अपांगलाई प्रवेश
निषेध गरिएको छ । साथै १४ वर्षभन्दा कम उमेरका बच्चाबच्ची पनि यहाँ छिर्न
पाउँदैनन् । रेष्टुरेन्टमा एकपटमा ६० जना सम्मले भोजन गर्न सक्छन् र
कम्तिमा ३५ जना पाहुना भएपछि भुत शो सुरु हुन्छ । रेष्टुरेन्टभित्र
क्यामरा प्रतिबन्धित छ र कुनैपनि दृश्य खिच्न पाइँदैन ।
तर नडराउनुहोस् त्यहाँ भएका भुत र लाश साँच्चिकै भने होइनन् । वेटर तथा
अरु कर्मचारीले भुत तथा मरेको मान्छेको लाशको भेष धारण गरेका हुन् ।
एजेन्सीको सहयोगमा

No comments:

Post a Comment