Monday, April 29, 2013

कोरियाका राजदूत भन्छन्- नेपालीको कामै बोरा उचाल्ने

इपीएस परीक्षामा सय किलोको बोरा राख्न सुझाव
१७ वैशाख, काठमाडौं । वैदेशिक रोजगारीका लागि नेपालीहरुको महत्वपूर्ण
गन्तव्यका रुपमा रहेको दक्षिण कोरियाका लागि नेपाली राजदूत कमानसिंह
लामाले कोरियामा काम गर्ने अवैधानिक नेपाली कामदारहरु त्यहाँको मुख्य
समस्या समस्या रहेको बताउनुभएको छ । कोरिया जाने नेपालीले ध्यान
दिनुपर्ने कुरा के हो भनेर अनलाइनखबरले सोधेको प्रश्नमा राजदुत लामाको
जवाफ छ- 'मेरो प्रस्तावचाहिं के छ भने इपीएस परीक्षामा भाषामा राम्रो
नम्बर हैन, एउटा सय किलोको बोरा राखियोस्, उठाउन सक्छ जावोस्, सक्दैन
नजाओस् ।'
राजदूत भन्नुहुन्छ- 'चाहे एमए गरोस् वा पीएचडी, नेपालीले गर्ने काम नै
बोक्ने उचाल्ने र दुःखको हो । तपाईले मरेर काम नगरी सुख छैन । त्यो बुझेर
कोरिया जानुस् ।"मुख्य कुरा त्यहाँ गएर थ्रीडी काम गर्ने हो, काम गर्न
सक्छु, भिड्छु भन्ने मानसिकता बनाउनुपर्यो । उहाँबाट अदक्ष कामदार जान्छन
त्यहाँ जरुरी छ दक्ष कामदारको ।' नेपालीहरुलाई राजदूत लामाको थप सल्लाह
छ- 'यदि तपाई बिहे गर्नुहुन्छ, असली बिहे गर्नुस, नक्कली बिहे नर्गुनस् ।
२० बर्षकी तरुनी केटी ६० वर्षको बुढासँग बिहे गरेर जाने अनि एयरपोर्टबाटै
भाग्न खोज्ने ?'
नेपालबाट विभिन्न व्यक्तिहरु कोरियामा गएर लुक्ने गरेको राजदूतको आरोप छ
। कोरियामा आफूले लुकाएको भनिएका ३ नेपाली उद्योगी सुरज वैद्यको
सिफारिसमा कोरिया पुगेको राजदूत लामाको आरोप छ । साथै पूर्वमन्त्री एकनाथ
ढकालसँग कोरिया गएका तीन दर्जन नेपालीलाई सडकमा माग्नबसेका ठाउँबाट
समातेर नेपाल पठाएको राजदूत लामाले बताउनुभयो । 'एकनाथ ढकालजीले ३५ जना
मान्छे लगेर जानुभयो, उनीहरुले त्यहाँको सडकमा बसेर माग्दै थिए, पक्रेर
पठाइदिएँ ।'-राजदूतले भन्नुभयो ।
पूर्वएमाओवादी नेतासमेत रहनुभएका राजदूत लामाले आफूले राजनीतिको जुत्ता
बाहिरै राखेको बताए पनि राजदूत पद छाडेर चुनाव लड्ने इच्छा देखाउनुभएको छ
। स्पष्टवक्ता लामाले अनलाइनखबरलाई लामो अन्तरवार्ता दिँदै भन्नुभयो-
'नेपालमा चुनावको माहौल बनिरहेको छ, चुनावमा उठौं उठौं लाग्या छ । मलाई
राजदूत भएर बसिरहनु जरुरी छैन
।'http://www.onlinekhabar.com/2013/04/65634/

No comments:

Post a Comment