Sunday, May 12, 2013

१०६ सन्तानसँगै भीमलाले मनाइन् सय वर्षको जन्मदिन

गुल्मी, वैशाख २९ - एक आमाबाट फैलिएका सन्तान १ सय ६ जना पुग्दासम्म ती
सबै सन्तानकी आमा जीवितै छन् भन्दा पत्यार नलाग्न सक्छ । तर यहाँको रुरु
३, च्युरेककी सय वर्ष पुगेकी भीमला ज्ञवालीले आफ्ना छोरा र छोरीबाट
जन्मेका सबै सन्तानका साथ सय वर्षको जन्मदिन मनाएकी छन् ।
१९७० वैशाखमा जन्मेको जानकारी भए पनि पूरा मिति भीमलालाई थाहा छैन ।
नागरिकतामा भने उनको जन्म मिति १९७० वैशाख १५ लेखिएको छ । भीमलाका २ छोरा
र ५ छोरीबाटजन्मेका सन्तानको हाँगो फैलिँदै गएर अहिले १७ नाति, १५
नातिनी, २९ पनाति, ३३ पनातिनी, १ खनाति र ४ खनातिनी पुगेका छन् । भीमलाका
५८ वषर्ीय कान्छा छोरा परमानन्द ज्ञवालीका अनुसार भीमलाको हाँगोबाट
फैलिएका सबै सन्तान जीवितै छन् ।
'आमाको रगतको सम्बन्धबाट जन्मेका कसैको पनि अहिलेसम्म मृत्यु भएको छैन,'
छोरा ज्ञवालीले भने, 'जतिजन्मिए सबै जीवितै भएकाले अहिलेसम्म १ सय ६
पुगेका छौं ।' माइतीतिर भने ५ छोरी र १ छोरामध्ये भीमला र ७३ वषर्ीया
बहिनीमात्र जीवित रहेको र उनका भाइ टीकारामको समेत ९७ वर्षको उमेरमा गत
वर्ष मृत्यु भएको रुरु संस्कृत विद्यापीठका उपप्राध्यापक उपज ज्ञवालीले
बताए । भीमलाको माइती घर गुल्मीकै सिमीचौरमा हो ।
सन्तान बढेर १ सय ६ सम्म पुग्नु, सबै जीवितै रहनु र आमासमेत सय वर्षसम्म
रहनुले परिवार सबैमा उत्साह र हर्षोल्लास भएको भन्दै सबै परिवार जुटेर
मातातीर्थ औंसीका दिन बिहीबार दीर्घायुको कामना गर्दै सम्मान गरिएको र
आमाले सबैलाई आशीर्वादसमेत दिनुभएको छोरा ज्ञवालीले बताए । भीमलाको
सम्मान कार्यक्रममा भीमलाकै नाता पर्ने प्रमुख जिल्ला अधिकारी कवीन्द्र
नेपाल, स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवाली, स्थानीय समाजसेवी,
बुद्धिजीवीसहित सयौं सर्वसाधारण समेत उनको घरमा उपस्थित थिए ।
सामान्य खाना खाने भीमलाको स्वास्थ्य राम्रो छ । लौरो टेकेर हिँडडुल गर्न
सक्ने भीमलाले बिहान दैनिक स्नान र पूजापाठ गर्छिन् । २०३७ सालमा एउटा
आँखा कमजोर भए पनि चेतना र कानमा अहिलेसम्म कुनै समस्या नआएको परमानन्दले
बताए । स्याहारसुसार र खानपिनमा ध्यान पुर्‍याएकै कारण आमा दीर्घजीवी
भएको कान्छी बुहारी उषाले बताइन् । परिवारका अनुसार उनको स्वभावसमेत
अत्यन्त शान्त छ । मातातीर्थ औंसीकै अवसर पारेर हजुरआमा सय वर्ष पुगेको
खुसियालीमा १ सय १ मैनबत्तीसमेत बालिएको नाति विजय नेपालले बताए ।
भीमलाका श्रीमान्को ५८ वर्षअघि मृत्यु भएको थियो ।
आपmनो सम्बन्धका १ सय ६ सन्तान पुग्दासम्म जीवितै रहनु सौभाग्य भएको
निवर्तमान गाविस अध्यक्ष केशरमान बजिमयले बताए । 'उहाँबाट हामीले पनि
आशीर्वाद र प्रेरणा लिनु जरुरी छ,' बजिमयले भन

No comments:

Post a Comment