Sunday, May 12, 2013

खोज्दै जादाँ लोकमान भेटिए: प्रचण्ड

२९ वैशाख, पोखरा । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल
प्रचण्डले कुनै पनि पार्टीमा नभएको व्यक्ति खोज्दैजाँदा लोकमान सिंह
कार्की भेटिएको बताउनु भएको छ ।
पोखरामा आयोजित पत्रकार भेटघाटकार्यक्रममा प्रचण्डले दलहरुबीच सहमति भएरै
अख्तियार प्रमुखमा कार्कीलाई सिफारिस गरेको बताउनु भयो । 'कुनै पनि
पार्टीमा नभएको मान्छे खोज्दै जादाँ लोकमानसिंह कार्की भेटिएपछि दलहरु
मिलेर सिफारिस गरेका छौं' उहाँले भन्नुभयो-'दलहरुबीच लामो समय बहस र
छलफलपछि मात्रै कार्कीलाई प्रमुख बनाउने निर्णय गरेका हौँ । हठात् निर्णय
भएको पनि होइन ।'
अरु योग्य व्यक्ति नेभेटेर नै लोकमानलाई ल्याएको हो ? भन्ने प्रश्नमा
सञ्चारकर्मीहरुको प्रश्नमा प्रचण्डले भन्नुभयो-'मान्छै नै नपाएर
लोकमानलाई ल्याएको त होइन । तर, अन्य व्यक्तिको नाउँमा राजनीतिक दलहरुवीच
सहमति हुदैँन न त के गर्ने ।' कांग्रेस र एमालेले विरोध गरेकोतर्फ लक्षीत
गर्दै उहाँले पहिला मिलेर सहमति गर्ने अनि अन्तिममा आएर बखेडा झिक्नुको
कुनै तुक नरहेको बताउनु भयो ।
एमाओवादी अध्यक्ष प्रचण्डले अबलोकमानको नाम फिर्ता नहुने प्रष्ट
पार्नुभयो । 'राजनीतिक र नैतीक दुष्टिकोणले समेत फिर्ताहुनुपर्छ भन्न
मिल्दैन'उहाँले भन्नुभयो-'संवैधानिक परिषद्ले सिफारिस गरेकोले चार दलले
समर्थन फिर्ता गर्दैमा लोकमान फिर्ता हुदैँनन् ।' लोकमानलाई अब अदालत र
निर्वाचनपछिको संसदीय समितिले महाअभियोग लगाएमात्रै फिर्ता हुन सक्ने
उहाँको भनाई छ ।
एमाओवादीका अध्यक्ष प्रचण्डले आन्दोलनरत दलहरुलाई सहमतिमा ल्याएर
कार्तिकको अन्तिम सातादेखि मंसिरको पहिलो हप्ताभित्र निर्वाचन गर्ने
बताउनु भयो । निर्वाचनबारे शीर्ष चारदलहरु सकारात्मक रहेको भन्दै उहाँले
भन्नुभयो-'चार पार्टीको निर्वाचनप्रति कुनै विमति छैन । त्यसैले निर्वाचन
सम्भव छ । आन्दोलनरत दलहरुलाई पनि निवार्चनमा समावेश गर्न हदैसम्मको
लचकता अपनाइनेछ ।'

source onlinekhabar.com

No comments:

Post a Comment