Monday, May 13, 2013

आधा बिहे गरेपछि बेहुली अस्वीकार (भिडियोसहित)

३० वैशाख, काठमाडौं । कुरो सुन्दै अचम्म लाग्न सक्छ, केटी मागेर
जन्तीसहित जग्गेमा बस्न पुगेका एकजना बेहुलाले सोमबार राजधानीमा बेहुली
वरिपरि जग्गेमा तीन फन्का घुमिसकेपछि बिहे नगर्ने निर्णय गरेका छन् ।
बालुवाटारका अनील चौलागाईले स्वयंमर गरेपछि अकस्मात् बिहे गर्दिँन भन्दै
बेहुलीलाई छाडेका हुन् । धादिङ घर भई बालाजु बस्दै आएकी खनाल थरकी
बेहुलीसँग स्वयंवर गरेपछि उनले बिहे नगर्ने घोषणा गरेका हुन् ।
बिहे भइरहेका बेला जग्गेबाट उठी माला र टोपी फुकालेर हातमा लिएका उनले
परिवारको करकापमा मण्डपसम्म आएको बताएका छन् । 'विवाह हुन लागेको छ भनेर
मलाई अस्ति मात्र खबर गरेको होे' उनले भने-'मलाई दुई हप्ता समय दिनुस्
भन्दा पनि कर गरेर लिएर आए ।'
विवाहको विषयलाई लिएर घरमा झगडा नै भएको चौलागाईको दाबी छ । तपाईको अन्य
युवतीसँग प्रेम छ कि ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले 'छैन' भनेर
जवाफ दिए । बेहुली पक्षले भने सहमतिमा नै विवाह हुन लागेको तर, चौलागाईले
कसैको भड्काउमा लागेर आफूहरुको बेइज्यत गरेको आरोप लगाएका छन् । सबैले
मनाउन खोजे पनि चौलागाई नमानेपछि बेहुली पक्षले क्षतिपूर्तिसहित
सार्वजनिक माफीको माग गरेका छन् । बेहुली पक्षले प्रहरीमा उजुरी दिनुका
साथै चौलागाईको आधा सम्पत्ति माग गरेका छ
video @ http://www.onlinekhabar.com/2013/05/70584/


न् ।

No comments:

Post a Comment