Monday, May 13, 2013

कक्षा ११ को परीक्षा आजबाट सुरु

३१ वैशाख, काठमाण्डौं । उच्च माध्यमिक शिक्षा परिषद्ले देशभर एकैसाथ
आजबाट कक्षा ११ को परीक्षा सुरु गरेको छ । परीक्षा बिहान ७ देखि १०
बजेसम्म सञ्चालन भएको छ ।
परीक्षामा चार लाख ३५ हजार १८ जना सहभागी भएका छन् । परीक्षामा
नियमिततर्फ दुई लाख ६५ हजार ४ सय ५७ र एक्जाम्टेडतर्फ एक लाख ६९ हजार ४
सय ५७ जना सहभागी भएको परिषद्का परीक्षा नियन्त्रक दुर्गा अर्यालले
जानकारी दिनुभयो ।
जसमा छात्रतर्फ दुई लाख १७ हजार १ सय ७५ जना र छात्रातर्फ एक लाख १७ हजार
८ सय ४३ जना रहेका छन् । जेठ१० गतेसम्म सञ्चालन हुने परीक्षाका लागि
परिषद्ले देशभर ९ सय ३२ परीक्षा केन्द्र र ३० हजार ६ सय जनशक्ति परिचालन
गरिएको उहाँले जानकारी दिनुभयो ।
अर्यालले परीक्षामा अमर्यादित कार्य गर्ने केन्द्राध्यक्ष, सहायक
केन्द्राध्यक्ष, सुरक्षा गार्ड, जोकोहीलाई छ महिना कैद वा एक लाख जरिवाना
वा दुवै सजाय हुने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
परीक्षाले परीक्षा नै अवरुद्ध गर्ने जस्ता गतिविधि गरेमा दुई वर्षसम्म
परीक्षा दिन नपाउने गरी निलम्बन गरिने व्यवस्था गरिएको छ । नक्कली
परीक्षार्थी भेटिएमा सार्वजनिक ऐनअन्तर्गत मुद्दा लगाइने छ भने परीक्षा
अवधिभर परीक्षा केन्द्रमा परीक्षार्थी र निरीक्षकलाई मोबाइल फोन
लैजानसमेत प्रतिबन्ध गरिएको छ ।
परीक्षालाई शान्ति पूर्णरुपमा सम्पन्न गर्न परिषद्ले सुरक्षा निकायसँग
विशेष बैठक गरी सुरक्षा व्यवस्थालाई कडा पारिएको अर्यालले जानकारी
दिनुभयो।

No comments:

Post a Comment