Thursday, May 9, 2013

राप्रपा नेपाल र एमाओवादीको झगडाले झापा बन्द

२७ वैशाख, झापा । एनेकपा माओवादीका नेता हर्क खड्कालाई कुटपिट गरेपछि
राप्रपा नेपालसमर्थित राष्ट्रिय युवा मोर्चाका अध्यक्ष अर्जुन कन्दङ्वा
(लिम्बु)लाई झापा प्रहरीले अपहरणको आरोपमा विहीबार राति पक्राऊ गरेको छ ।
कार्यकर्ता पक्राउको विरोधमा राप्रपा नेपालका कार्यकर्ताले शुक्रबार
बिहानैदेखि झापा बन्दको आयोजना गरेका छन् ।
कन्दङ्वाका साथै राप्रपा नेपालका थप कार्यकर्तालाईप्रहरीले खोजी खोजी
पक्राउ गरिरहेको राप्रपा नेता रविन चाम्लिङले अनलाइनखबरलाई बताउनुभयो ।
गिरफ्तारीको विरोधमा राप्रपा नेपालले राजेन्द्र लिङ्देनको नेतृत्वका
काठमाडौंमा शुक्रबार विरोध प्रदर्शनको तयारी गरेको चाम्लिङको भनाइ छ ।
एमाओवादी नेता हर्क खड्काले कन्दङ्वाविरुद्ध अपहरणसम्बन्धी उजुरी दिएपछि
कन्दङ्वा लगायतका कार्यकर्ताहरु पक्राउ परेका हुन् । पक्राउ परेकालाई
छुटाउन माग गर्दै बन्दमा उत्रिएका कार्यकर्ताले चारआलीमा शुक्रबार बिहान
ट्रकमा आगजनी गरेका छन् ।
काठ चोर्दा समातेको दाबी
राप्रपा नेताहरुका अनुसार खड्काको टोलीले काठ चोरेर ३/४ वटा गाडामा
भारततिर लैजाँदै गर्दा कन्दङ्वाको नेतृत्वमा राप्रपा नेपालका
कार्यकर्ताले राति नै खड्कालाई घेराबारीमा समातेकाथिए । उनलाई प्रहरीमा
बुझाउन खोज्दा प्रहरीले आउन नसक्ने बताएपछि कार्यकर्ताले राजेन्द्र
लिङ्देनलाई फोन गरी के गरौं भनेर सोधेका थिए । ती बूढा आर्थिक रुपमा पनि
पीडित छन्, प्रहरीमा बुझयो भनेकारबाही हुन्छ, त्यसैले छाडिदेओ भनेर
कार्यकर्ताले निर्देशन दिएपछि राप्रपा नेपालका कार्यकर्ताले एमाओवादी
नेता खड्कालाई फोटो खिचेर छाडिदिएको राप्रपा नेपालका कार्यकर्ताको कथन छ
। पक्राउ गर्ने क्रममा हुलमुलमा पिटाइ खाएर खड्का घाइतेसमेत भएको राप्रपा
नेपालका स्थानीय विभाग हेर्ने नेता चाम्लिङले अनलाइनखबरलाई बताउनुभयो ।
खड्कालाई घरैबाट उठाएर रातभरि जंगलमा राखियो : एमाओवादी
उता एमाओवादीका कार्यकर्ताले भने घेराबारी गाविसकापूर्व अध्यक्ष एवं
वनसमितिका स्थानीय वर्तमान अध्यक्ष रहेका खड्का काठ चोरेर भारत लैजाने
चरित्रको व्यक्ति नभएको बताएका छन् । 'उपभोक्तालाई बाँड्न अनुमति लिएर
जंगलबाट निकालिएको काठलाई इण्डिया बेच्न लगेको भनी राप्रपा नेपालका
कार्यकर्ताले आरोप लगाएका हुन्, खड्का त्यस्तो तस्करी गर्ने मान्छे
होइनन् ।'- एक स्थानीय एमाओवादी कार्यकर्ताले अनलाइनखबरलाई भने ।
खड्कालाई राप्रपाका कार्यकर्ताले राति घरैबाट उठाएर चारकोसेजंगलका लगी
रातभरि राखेर ३ बजे छाडिदिएको खड्कालाई उधृत गर्दै स्रोतले बतायो ।
राप्रपा कार्यकर्ताले भने ३ घण्टामात्रै नियन्त्रणमा लिएको दाबी गरेका
छन् ।
नेकपा एमालेका तर्फबाट घेराबारी गाविसका पूर्वअध्यक्ष खड्काले गत
संविधानसभा चुनावमा झापा क्षेत्र नं ५ बाट १५ हजार मत ल्याएर दोस्रो
स्थान हासिल गर्नुभएको थियो ।

No comments:

Post a Comment