Thursday, May 9, 2013

विवाहमण्डपबाटै पक्राउ परेको दुलाहा दुलहीले भने – ‘फरक धर्मका कारण विवाह हुन दिइएन’

२७ वैशाख, सुर्खेत । जिल्ला प्रहरी कार्यालयले बालबिबाह गरेको आरोपमा
बुधबार विवाहमण्डपबाटै दुलाहा दुलहीलाई पक्राउ गरेको छ । पक्राउ परेका
दुबैलाई बिहीबार आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
वीरेन्द्रनगरका कमल शाही र मञ्जु माझी -नाम परिवर्तन) लाई बुधबार साँझ
प्रहरीले विवाह गर्न लागेको अवस्थामा मण्डपबाटै पक्राउ गरेको थियो ।
दुवैलाई दुलाहा दुलहीकै पहिरनमा जिल्ला प्रहरी कार्यालय ल्याइएको थियो ।
दुलहीकी आमाले बुधबार आफ्नी छोरीको बालविवाह गराउन लागिएको भन्दै रोक्न
माग गरी जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि पक्राउ गरेर ल्याएको
प्रहरीले जनाएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ ।
दुलहीकी आमाले आफ्नी १५ बर्षकी छोरीलाई ललाई फकाई २३ बर्षको केटासँग
विवाह गर्न लागेको भन्दै निवेदन दिएकी थिइन् । दुलही माझीले भने आफू १५
नभई १८ बर्षको भएको दाबी गरिने । उनले आमाको र केटाको धर्म फरक भएकाले
आफूलाई छुटाउन खोजेको बताईन् । 'मेरी ममी क्रिस्चियन हुनुहुन्छ, म हिन्दु
हुँ,' उनले भनिन् 'मलाई हिन्दूसँग गई भनेर छुटाउन लागिएको हो ।' दुलाहाले
पनि आफूहरुको धर्म फरक भएकाले नै विवाह छुटाउन खोजेको आरोप लगाएका छन् ।

No comments:

Post a Comment