Wednesday, May 15, 2013

निगमको जहाज मुस्ताङमा दुर्घटना, ठूलो मानवीय क्षती हुन पाएन

२ जेठ, काठमाण्डौ । पोखराबाट मुस्ताङका लागि उडेको नेपाल बायुसेवा निगमको
9 N ABO जहाज आज बिहान मुस्ताङस्थित जोमसोम बिमानस्थलमा दुर्घटना भएको छ

स्थानीय समाजसेवी एवं प्रत्यक्षदर्शी चन्द्रमोहन गौचनले एभिन्यूज
टेलिभिजनलाई दिएको जानकारी अनुसार बिमान रनवेमा ल्याण्ड नगरी बाहिर
ल्याण्ड भएको र अनियन्त्रित भई कालीगण्डकीको किनारमा खसेको थियो ।
बिमानमा विमानमा चालकदलका सुरेश केसी, श्री प्रधान र एसएम तामाङसहित ११
नेपाली यात्रु र ८ जना जापानी यात्रु रहेका थिए । बिमानमा सवार कसैको
मृत्यु नभएको र बिमान आगलागी वा बिष्फोटसमेत नभएको गौचनले जानकारी
दिनुभयो । बिमानको पखेटा भने भाँचिएको छ ।
'केही गम्भीर घाइते भएका छन, उहाँहरुलाई तारा एयरको बिमानमार्फत् पोखरा
पठाउँदै छौं'- गौचनले भन्नुभयो-'ठूलो मानवीय क्षती हुनबाट बचेको छ ।'
नजिकै नेपाली सेनाको ब्यारेक रहेका कारण उनीहरुको तुरुन्तै उद्दार हुन सकेको थियो
source onlinekhabar.com

No comments:

Post a Comment