Wednesday, May 15, 2013

साउदीमा १७ नेपाली चेलीको बिचल्ली, मालिकले गरे शारीरिक शोषण

२ जेठ, काठमाण्डौं । वैदेशिक रोजगारीका लागि साउदी अरेयिबा पुर्‍याइएका
१७ जना नेपाली चेली घरमालिकको चरम शारीरिक शोषण तथा मानसिक यातना सहन
नसकेर नेपाली दूतावासको शरणमा पुगेका छन् ।
साउदीस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई लेखेको पत्रमा
रोजगारीका लागि भन्दै लगिएका ती चेली घरमालिकको कठोर यातना र चरम शारीरिक
शोषणमा परेका हुन् । दूतावासले मन्त्रालयलाई गत वैशाख २६ गते ती चेलीको
नाम, ठेगाना, विवरण, उनीहरुलाई साउदी पुर्‍याउने म्यानपावर कम्पनीका दलाल
र सम्पर्क फोन नम्बर उल्लेख गरी कारबाहीका लागि फ्याक्समार्फत पत्र
पठाएको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
दूतावासका द्वितीय सचिव सागरप्रसाद फुँयालले पत्र पठाएकै दिन परराष्ट्रले
पनि गृह मन्त्रालयलाई उक्त गैरकानुनी गतिविधिमा संलग्न भएका दलाललाई
पक्राउ गरी कारबाही गर्न अनुरोध गरी कारबाही गर्न अनुरोध गरेको छ ।
परराष्ट्रका नायब महापाल हेमलाल शर्मा भट्टराईले गृहलाई लेखेको पत्रको
बोधार्थ श्रम तथा रोजगार मन्त्रालयलाई पनि दिइएको छ । source
onlinekhabar.com

No comments:

Post a Comment