Friday, May 3, 2013

लोडसेडिङ आइतबारदेखि दैनिक आठ घन्टामात्र

२० वैशाख, काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणले दैनिक दुई घन्टा
लोडसेडिङ घटाएर आइतबारदेखि लागु हुने गरी दिनमा आठ घन्टामात्र लोडसेडिङ
गर्ने भएको छ ।
विद्युत उत्पादनमा सुधार आएपछि दैनिक दुई घन्टा लोडसेडिङ घटाउन लागेको
प्राधिकरणले जनाएको छ । केहीदिन अघिदेखि अघोषित रुपमा लोडसेडिङ घटाउँदै
आएपनि आइतबारदेखि औपचारिक रुपमा लागु गर्न लागेको प्राधिकरणले जनाएको छ ।
पछिल्लो समय कालीगण्डकी, मध्यमस्याङ्दी र मस्याङदीलगायतका अन्य साना
आयोजनाबाट उत्पादन बढेको, हिउँ पग्लेर नदीमा जलस्तर बढेपछि उत्पादनमा
सुधार आएको प्राधिकरणले जनाएको छ ।

No comments:

Post a Comment