Thursday, May 2, 2013

उपचार गरेर फर्कदा सामूहिकबलात्कार

पाल्पा, वैशाख २० - उनी बुधबार कोखो दुखेर बिहान घरबाट उपचारका लागि
पाल्पाको रामपुर, बेझाड आएकी थिइन् । दिउँसो उपचारपछि फर्केका बेला
आमालाई आउँदै छु भन्दै थिइन् । मेडिकलमा उपचार गरेर र्फकंदा आमाले
'एक्लै' भएकाले दाजुलाई लिन पठाउने नभनेकी पनि होइनन् । घरबाट रामपुर
आउने-जाने भइरहने भएकाले लिन आउन पर्दैन भन्ने जानकारी गराएकी थिइन् । घर
आउन ढिला भए पनि परिवारले भने कोखो दुखेकाले विस्तारै आउँदै होलिन् भन्ने
सोचे । तर फोन राखेको केहीछिनमै उनी बलात्कारी युवाको चंगुलमा फस्छु
भन्ने के थाहा ? साँझ झन्डै ५ बजेतिर उनी बलात्कारीको चंगुलमा फसेको
स्थानीय र घरपरिवारको अनुमान छ ।
पाल्पाको रामपुर र स्याङ्जा जोड्ने कालीगण्डकी तरेर घर सांखर ८ को
सिउनडाँडा जाने क्रममा घर नजिकैको जंगलमा दुई वटा मोटरसाइकलमा आएका
तीन/चार जना युवाले नियन्त्रणमा लिँदै लतारेका थिए । कोही आएको आशंकामा
केही समयपछि ती युवाले बलात्कार गरेर भागेको स्थानीयले अनुमान गरेका छन्
। युवतीको अवस्था गम्भीर छ । साँझ ७ बजेतिर मात्र बटुवा र नजिक घरकाले
देखेर बल्ल घरपरिवारलाई खबर गरेका थिए ।
उनले आफूलाई तीन/चार जनाले बलात्कार गरेको बिहीबार दिउँसो आफन्त र
प्रहरीलाई बताएकी छन् । उनको आँखा, घाँटी र अनुहारमा चोट लागेको छ भने
शरीरको तल्लो भागमा समेत केही चोट छ । उनले मोटरसाइकलमा विपरीत दिशाबाट
आएको र रोकेर आफूलाई पक्रेको बताइन् । छिनछिनमा बर्बराउने हुनाले सही
विवरण उपचार भइसकेपछि मात्र आउने जिल्ला प्रहरी प्रमुख स्थानेश्वर
रेग्मीले बताए ।
आफन्त र छिमेकीले बाटोमुनि उनी कराएको जस्तो सुनेपछि बल्ल हेर्न गएका थिए
। उनी बोल्न सक्ने अवस्थामा थिइनन् । जिब्रो सुनिएकाले पनि केही बोल्न
सक्ने अवस्था छैन । घटनापछि सबै गाउँले भेला भएर घटनाको जानकारी
प्रहरीलाई गराएका थिए । घटनापछि तत्काल आयुर्वेद केन्द्रबाट उपचारका लागि
चिकित्सक आएका थिए । त्यसपछि मात्र रामपुर अस्पताल पठाइयो । राति १२
बजेतिर पाल्पाको रामपुर ल्याइएको थियो । रामपुरमा उपचार हुन नसकेपछि
उनलाई तानसेनस्थित लुम्बिनी मेडिकल कलेज ल्याइएको हो । बिहीबार
दिउँसोसम्म पूरै होस आएको छैन । मेडिकल कलेजले प्रहरीलाई मात्र रिपोर्ट
दिने भन्दै आफन्तलाई समेत केही बताएको छैन ।

No comments:

Post a Comment