Tuesday, May 14, 2013

एउटै वडामा २ करोडको तरकारी

१ जेठ, पर्वत । तरकारी उत्पादनका लागि पकेट क्षेत्र मानिएको एक गाविसको
एउटै वडाबाट २ करोडभन्दा बढी मूल्यको तरकारी उत्पादन भएको छ । उत्तरी
पर्वतको नाङलिवाङ ९ फर्सेगाउँका व्यावसायिक कृषकले लगातार दुई बर्ष गरी ४
करोडभन्दा बढीको तरकारी बिक्री गरिसकेका छन् ।
ताजा तरकारी उत्पादनको पकेट क्षेत्र मानिने फर्सेका अधिकांश कृषकले
व्यावसायिक रुपमा तरकारीखेती गर्दै आएका छन् । 'हामी ६० भन्दा बढी कृषकले
वाषिर्क २ करोडभन्दा बढीको तरकारी बिक्री गरेका छौं' स्थानीय कृषक कृष्ण
सापकोटाले भनेको खबर कारोबार दैनिकले छापेको छ ।
कालीगण्डकी नदी किनारमा रहेको उब्जाउ जमिनमा बाह्रै महिना तरकारी खेती
हुने भएकाले यहाँका अधिकांश कृषकहरु धानमकै छाडेर यतातिर लागेका छन् ।
हरेक सिजनमा तरकारी लगाएका कारण एउटै गाउँमा यति धेरै तरकारी उत्पादन
भउको सापकोटाले बताए । उनले जाँगर चलाए अझै बढी उत्पादन गर्न सकिने पनि
दाबी गरेका छन् । त्यहाँका कृषकहरुले मौसमी र बेमौसमी दुबैथरी तरकारीखेती
गर्दै आएका छन् ।

No comments:

Post a Comment