Wednesday, May 15, 2013

मलेसियामा पासपोर्ट बनाइदिन्छु भन्दै पैसा उठाउँदै

१ जेठ, क्वालालम्पुर । मलेसियामा पछिल्लो समयमा नेपाली पासपोर्ट
बनाइदिन्छु भन्दै पैसा उठाउने क्रम बढिरहेको छ । नेपाली राजदूतावास
क्वालालम्पुरले मलेसियाको जोहोरवारु लगायत केहि स्थानमा केहि अनाधिकृत
व्यक्तिहरुले पासपोर्ट वनाईदिन्छु भन्दै रकम संकलन गरिरहेको जानकारी
प्राप्त भएकोबताएको छ । पासपोर्ट बनाइदिन्छु भन्ने मानिसबारे तत्काल
दूतावासमा जानकारी दिनसमेत अनुरोध गरेको छ ।
दुतावासले बुधबार एक सूचना जारी गर्दै राहदानी, ट्राभल्स डकुमेण्ट, लगायत
अन्य सरकारी कागजातहरु जारी गर्ने अधिकार दुतावासमा मात्र सुरक्षित
रहेकोले त्यस्तो भ्रमपुर्ण कि्रयाकलाप प्रति सचेत रहन सवैलाई आग्रह गरेको
छ ।
मलेसियामा वस्ने कुनै पनि नेपाली नागरिकले आफ्नो पासपोर्ट नविकरण गर्नु
परेमा वा अन्य सरकारी सेवा लिनु परेमा दुतावासमा सम्पर्क गर्न वा फोन
इमेलमार्फत सम्पर्क गर्न नेपाली दुतावासले अनुरोध गरेकोछ ।

No comments:

Post a Comment