Thursday, May 2, 2013

ड्राइभिङ भिसामा आएकालाई लेबर काम

दोहा (कतार), वैशाख १९ - साउदी अरब, भारत र नेपालमा सवारी साधान चलाएका
अनुभबी र सिपालु ड्राइभरहरुलाई कतारमा भने हेल्पर, सहचालक र साबेल उठाउने
काममा लगाइएको छ ।
कतारमा हेभी ड्राइभरमा आएका ३० नेपालीले म्यानपावर कम्पनीसँग गरेको
सम्झौता अनुसार काम नपाउदा उनीहरु तनावमा छन् । उनीहरुले काठमाडौं
बालजुस्थित अल सहेली म्यानपावर -८९३) बाट आएको बताएका छन् ।
'हामी ड्राइभरमा भनेर आएका थियौं', ८० हजार तिरेर आएकाटिकापुरका बोधराम
घर्ती मगरले भने,'यहाँ हेल्पर बनाएर काम राखेको छ ।' अपरेटरमा आएका
सल्यानका पुर्णबहादुर बुढामगरलाई सावेल उठाउन लगाएपछि एकसातादेखि काममा
जान छाडेका छन् । 'साइटमा लगेर सावेल उठाउन लगायो', एक लाख रुपैयाँ लगानी
गरेर आएका बुढामगरले भने,'मैले गाडीको काम मागे । कम्पनीले दिएन ।'
म्यानपावर कम्पनीले तीन महिनापछि ड्राइभरको काममा लगाउने भएकोले हाल
अर्हाएको काम गर्न भनिरहेको पीडितले बताए । 'तीन महिनाभित्र गाडीको काम
दिइने कुरा म्यानपावर बताउँछ । दुई महिना बितिसकेको छ', काभ्रेका
बिर्खबहादुर श्रेष्ठले भने,'यो म्यानपावरको तीन महिना समय कटाउने चाला हो
।'
म्यानपावरले पठाउने बेला तीन महिनापछि फर्केमा आफू जवाफदेही नहुने र
उजुरबाजुर गर्न नपाइने शर्त गराएर पठाएको उनीहरुले बताए । कतारमा चालक
अनुमति लिन बिशेष 'ड्राइभिङ स्कुल' मा भर्ना हुनुपर्छ । त्यसको लागि
कम्पनीले तयारी समेत नगरेको पीडितले बताए । 'लाइसेन्स बनाइदिने छाँटकाटँ
नै छैन्', बुढामगरले भने,'फेरि कम्पनीले लाइसेन्स बनाउन लाग्ने खर्च तीन
हजार रियाल पनि आफैंले ब्यहोर्नुपर्ने कुरा बताएर झुलाइरहेको छ ।'
ड्राइभर अनुसार गाडी पनि नभएकोले आफूहरुलाई लेबरको रुपमा ल्याएको
उनीहरुले बताए । 'लेबर भन्यो भनेमा कोही आउँदैन', श्रेष्ठले भने,
'झुक्काएर ल्याएको जस्तो छ । हामीहरुसँग सक्कली करारपत्र समेत छैन् ।
कम्पनीसमेत फरक छ'
ध्ादिङका राजु शिलवालले आफैलाई अन्तर्वार्ता लिन जाने म्यानेजरलाई भेटेर
ड्राइभरको काम दिन अनुरोध गर्दा जवाफै नदिएपछि बसमा उनी हेल्परको रुपमा
हिड्ने गरेका छन् । 'यहाँको स्थिति हेर्दा हामीले भनेको काम पाइएला जस्तो
छैन', उनले भने, 'अफिस तीन चार चोटी गइसके । केही भन्दैनन् । सुनुवाई भएन
।'

No comments:

Post a Comment