Thursday, May 2, 2013

‘मेड इन चाइना, आज छ भोलि छैन!’

१९ वैशाख, सुनसरी । सुख्खायामसँगै आगलागीका घटना बढिरहेका बेला सुनसरी
सदरमुकामइनरुवाको एकमात्र दमकलको हालत भने दयनीय बनेको छ । रेग्मी
सरकारले देशैभरिका दमकललाई मर्मत गरी चालु हालतमा राख्न निर्देशन दिए पनि
यो दमकलप्रति कसैको ध्यान गएको छैन ।
पाँच महिनादेखि चल्न नसकी नगरपालिकाको एक मात्र दमकल बिग्रिएपछि यसमा
आवद्ध ७ कर्मचारीसमेत कामविहीन बनेका छन् । दमकल बिग्रिनाले
बारुणयन्त्रका कर्मचारीले आँगलागी पीडितको गाली सुनेर दिन कटाउनु परेको छ
।'मेड इन चाइना, आज छ भोलि छैन' भनेजस्तै ०५६ सालमा चीनबाट खरिद गरिएको
दमकलका पार्टपूर्जा सहज तरिकाले नपाएकाले मर्मत गर्न नसकिएको कर्मचारीहरु
बताउँछन् ।
मंसिर अघिसम्म यही दमकल हो, जसलेपश्चिमको सिरहादेखि पूर्वको इलाम
पशुपतिनगरसम्म पुगेर आँगोनियन्त्रणमा लिने काम गर्दै आएको नगरपालिकाका
कार्यकारी अधिकृत मनोहरी बराल बताउनुहुन्छ ।

No comments:

Post a Comment