Saturday, May 4, 2013

चीनमा पोर्न फिल्म हेर्नेलाई तलब

बेइजिङ (एजेन्सीहरू), वैशाख २१ - चीनको एक गैरसरकारी संस्थाले पोर्न
(अश्लील) फिल्म हेर्नेलाई आकर्षक तलब दिने भएको छ । उक्त संस्थाले दिनभरि
बसेर पोर्न हेर्ने व्यक्तिका लागि विज्ञापन निकालेको छ । उनीहरूको मासिक
तलब २ लाख ४० हजार रुपैयाँ हुनेछ । चीनले आउँदो पुस्ताका लागि स्वच्छ
इन्टरनेट चाहेको छ । उसले यसका लागि अश्लील सामग्रीको जाँच सुरु गरेको छ
। सरकारले इन्टरनेटलाई अश्लीलताबाट मुक्त राख्ने जिम्मेवारी सेफ्टी
अलायन्सलाई दिएको छ । अलायन्सले निष्पक्ष एवं फराकिलो दृष्टिकोणले अश्लील
सामग्री छुट्याउन सक्ने अधिकृतहरूका लागि यस्तो विज्ञापन गरेको हो ।
अलायन्सले खुला रूपमा फेसबुकमा राखेको यो प्रस्तावले भारी समर्थन पाएको छ
। जनमतपछि उसले विधिवत् विज्ञापन आह्वान गरेको हो । अधिकृतहरूले घर वा
कार्यालमा बसेर यस्ता सामग्री हेरेर हार्डकोर अश्लील सामग्रीलाई
मनोरञ्जनको कुन सीमासम्म छुट दिनेबारे निर्णय गर्नेछ । ती अधिकृतहरूको
रायअनुसार थुप्रै अश्लील सामग्रीहरू सधैंेका लागि इन्टरनेटबाट हटाइनेछ ।

No comments:

Post a Comment