Saturday, May 4, 2013

बैतडीमा बम बिष्फोट, एक बालकको मृत्यु

२१ बैशाख, बैतडी । बैतडी भएको बम विष्फोटमा परी एक बालकको ज्यान गएको छ ।
अन्य एक जना बालक घाइते भएका छन् । वैतडीको बाशुलिङ-२, ग्वानीमा शनिवार
साँझ ६ बजे सकेट बम विष्फोट हुँदा बाशुलिङ-२ का ११ वर्षीय बालक इश्वर
विष्टको ज्याय गएको प्रहरीले जनाएको छ ।
घाइते ६ बर्षीय बालक दिपक बिष्टको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको
प्रहरीले जनाएको छ । घाइते दिपको अवस्था सामान्य रहेको प्रहरीले
अस्पतालले जनाएको छ । बम कस्ले र किन राखेको हो भन्नेवारे खुल्न सकेको
छैन । घटनावारे थप अनुसन्धान भइरहेकोप्रहरीले जनाएको छ ।

No comments:

Post a Comment