Tuesday, May 7, 2013

चीनलाई हात्ती र चेक गणतन्त्रलाई पान्डा उपहार !

२५ वैशाख, काठमाण्डौं । छिमेकी मुलुक चीन र युरोपेली मुलुक चेक गणतन्क्रे
नेपाल सरकारसँग आफ्नो देशमा नभएका वन्यजन्तु उपहार मागेका छन् । चीनले
हात्ती र चेक गणतन्त्रले रेड पान्डा लैजान लिखित इच्छा व्यक्त गरेका हुन्

स्रोतका अनुसार चीनले हात्ती लगे वापत बाघ दिने प्रस्ताव गरेको छ । चेक
गणतन्त्रले भने केही खुलाएको छैन् । चीनमा करिब पाँच हजार बाध व्यावसायिक
प्रयोजनका लागि पालिएको छ । बन तथा भूसंरक्षण मन्त्रालय सम्बद्ध
अधिकारीका अनुसार फ्रान्ससहित अरु केही युरोपेली मुलुकहरुले पनि
वन्यजन्तु उपहार दिन औपचारिक वा अनौपचारिक प्रस्ताव गरेका छन् । सरकारले
भने उनीहरुको प्रस्तावमा कुनै निर्णय नगरेको अन्नपूर्ण पोष्टमा खबर छ ।
मन्त्रालयका सहसचिव कृष्णप्रसाद आचार्यले भने, 'वन्यजन्तु माग्दै निवेदन
आएका छन् तर हामीले दिने वानदिने भन्ने निर्णय गरेका छैनौं ।
नेपालका धेरै वन्यजस्तु यसअघि पनि विभिन्न देशमा उपहारका रुपमा पुगेका
छन् । विशेषगरी सक्रिय राजतन्त्रका बेला धेरै वन्यजन्तु युरोप, बेलायत,
अमेरिका, चीन तथा दक्षिण एसियाका विभिन्न देशमा पुगेका थिए । नेपालका
सबैभन्दा धेरै गैंडा, हात्ती, चितुवा, रेड पाण्डा, गोही लगायतका
वन्यजन्तु विदेसिएका छन् ।

No comments:

Post a Comment