Tuesday, May 7, 2013

अन्ततः लोकमान बनेरै छाडे अख्तियार प्रमुख, नागरिक अगुवा पक्राउ

राष्ट्रपतिद्वारा तीन संवैधानिक निकायका प्रमुख नियुक्त
२५ बैशाख, काठमाण्डौ । व्यापक विवााद र विरोधका वीच अख्तियार दुरुपयोग
अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पूर्वमुख्य सचिव लोकमानसिंह कार्की
नियुक्त भएका छन् ।
राष्ट्रपति डा. रामवरण यादवले मंगलबार शीतलनिवासमा कार्कीसहित तीनवटा
संवैधानिक अंगका प्रमुखहरुलाई नियुक्त गुर्नभएको हो । नियुक्त हुनेमा
अख्तियार प्रमुखमा लोकमानसिंह कार्की, लोकसेवा आयोगको प्रमुखमा कोयोदेवी
यमी र महालेखा परीक्षकको कार्यालय प्रमुखमा भानुप्रसाद आचार्य छन् ।
नियुक्तिसँगै तीनैजनालाईशीतलनिवासमा सपथ ग्रहण गराइएकोछ ।
राष्ट्रपति कार्यालयमा सपथग्रहण भैरहँदा बाहिर विद्यार्थी तथा नागरिक
समाजका अगुवाहरुले कार्कीको नियुक्तिको विरोधमा चर्को नाराबाजी गरेका छन्
। यसैबीच प्रदर्शनमा उत्रिएका नागरिक समाजका अगुवा कनकमणि दिक्षित,
शम्भु थापा, चरण प्रसाईलगायतलाई प्रहरीले पक्राउ गरेको छ ।
राजाको प्रत्यक्ष शासनकालका मुख्यसचिव कार्कीलाई पहिले सर्वसम्मतिबाटै
अख्तियार प्रमुख बनाउन चार दलले सिफारिस गरेका थिए । पछि कार्कीलाई
जनआन्दालनेका दमनकर्ता भन्दै नागरिकस्तरबाट विराधे शुरु भएको र अदालतमा
समेत मुद्दा परेपछि कांग्रेस र एमालेले पुरानो निर्णयलाई फिर्ता लिने
प्रयास गरे पनि संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिले कार्कीलाई
अख्तियार प्रमुखमा नियुक्त गर्नुभएको हो ।
राष्ट्रपतिले कार्कीको सिफारिसलाई फिर्ता गराउने चर्चा चलिरहेका बेला
शीतलनिवासले आजै बिहान अकस्मातसपथको कार्यक्रम तय गरेको हो ।

No comments:

Post a Comment