Saturday, March 16, 2013

भारतीय कलेजका बन्धक नेपाली छात्राको उद्दार

४ चैत, नयाँदिल्ली । दक्षिण पश्चिमी भारतीय राज्य कर्णटकस्थित एक
प्राविधिक शिक्षालयमा बन्धक ९ नेपाली छात्राको उद्दार गरिएको छ ।
नयाँदिल्लीस्थित नेपाली दूतावासको सक्रियतामा ती छात्राका अभिभावकले
कणर्ाटको विदारस्थित रुरल कलेजअफ नर्सिङबाट उद्दार गरी गत साताको
अन्त्यतिर उनीहरुलाई यहाँ ल्याइएको हो । उद्दार गरिएका छात्रामा सप्तरीका
७ एवं सुनसरी र मोरङका एक/एक जना रहेका छन् ।
गत मंसिरमा भर्ना भएका ती छात्रा कलेजमा यसअघि बताइएअनुसारको शिक्षणको
गुणस्तर नभएपछि सुरुदेखि नै फर्किने प्रयास गरेका थिए । यद्यपी कलेजले
उनीहरुलाई बिदामा समेत जान दिएको थिएन् । फिर्तीको आवाज उठाउने
छात्रामध्ये केहअीलाई कलेजमा यातनासमेत दिएको उनीहरुका अभिभावकहरुले बताए

'मानसिक तनाव त छँदैछ । भौतिक रुपमा पनि कोहीलाई कलेजभित्रै लछारपछारसमेत
पारिएको रहेछ,' एक पीडित अभिभावकले भने कान्तिपुर दैनिकमा खबर छ ।
उनीहरुको सामान्य हिँडडुलमाथि समेत नियन्त्रण गरिएको गुनासो गर्दै ती
अभिभावकले भने, 'यिनीहरुलाई बन्धकस्तै बनाइएको रहेछ ।

No comments:

Post a Comment