Sunday, April 28, 2013

काम गर्दागर्दै साढे २३ लाखश्रमिकले ज्यान गुमाउँछन्

१५ वैशाख, काठमाडौं । श्रमिक अर्थात मजदूरले गर्ने काम कतिसम्म
जोखिमपूर्ण छ भन्ने कुरा थाहा पाउन आईएलओको तथ्याँक हेरे पुग्छ ।
अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको तथ्याँक अनुसार विश्वमा वर्षेनी २३
लाख ४० हजार श्रमिकले काम गर्ने क्रममै ज्यान गुमाउँछन् ।
कामको सिलसिलामा हुने दुर्घटनार जोखिमलाई व्यवसायजन्य रोग भनेर परिभाषित
गरिएको छ । काम गर्ने सिलसिलामा ज्यान गुमाउनेमध्ये ३ लाख २१ हजारको
व्यवसायजन्य दुर्घटना र अरुको श्रमजनय रोगका कारण ज्यान जाने गरेको
आइएलओले जनाएको छ । व्यवसायजन्य दुर्घटना र रोग बढ्दै गएपछि यसबारे चेतना
जगाउन हरेकवर्ष श्रमिक स्मृति दिवस मनाईंदैछ ।
श्रम गर्ने क्रममा मृत्यु भएका तथा घाइते भएकाहरुको सम्झनामा हरेक वर्ष
अप्रिल २८ मा यो दिवस मनाइने गरिएको छ ।
व्यवसायजन्य स्वास्थ्य सुरक्षा सप्ताह
मे दिवस नजिक आउन लागेकोबेला श्रमिक स्मृति दिवस समेत परेकाले सरकारले
हप्ताभरी नै विशेष कार्यक्रम थालेको छ । कार्यस्थलमा श्रमिकको स्वास्थ्य
सुरक्षामा जोड दिँदै११ वर्षदेखि साप्ताहिक रुपमा दिवस मनाउन थालिएको हो ।
दिवसका अवसरमा श्रमिकको स्वास्थ्य र श्रमका अधिकारबारे छलफल हुने मजदूर
अधिकारकर्मीले बताएका छन् ।

No comments:

Post a Comment