Monday, April 29, 2013

शरीर एउटै तर, अनुहार दुई (फोटो फिचरसहित)

उनीहरुको शरीर एउटै छ तर, अनुहार दुई । उनीहरु एब्बी र ब्रिटनी हेन्सल ।
एब्बी र ब्रिटनी जुम्हाला हुन् । उनीहरु एकसाथ काममा जान्छन् ।
साथीभाईसँग रमाइलो गर्छन्, भलिबल खेल्छन्, ड्राइभिङ पनि गर्छन । एक
शरीरमा दुई अनुहारको जीवन कति सजिलो वा कठिन होला ?
डिग्री दुर्इ तर, तलब एककै
३२ वर्षीया एम्बी र ब्रिटनी अमेरिकाको मिनेसोटामा बस्छन । दुबै प्राइमरी
स्कुलमा शिक्षिका छिन् । उनीहरुसँग पढाउन दुई लाइसेन्स पनि छ । तर, तलब
एकको मात्र पाउँछन् । एब्बी भन्छिन्-हामीसँग दुई डिग्री छ। किनकी हाम्रो
दृष्टिकोण अलग-अलग छन् । पढाउने तरिका पनि एक अर्कामा फरक छ ।' आफूहरुले
एक व्यक्ति भन्दा बढी काम गर्ने एब्बी बताउँछिन् ।
अनौठो शरीरिक बनोट
एब्बी र ब्रिटनी कक्षमा हुँदा उनीहरु मध्ये एकले विद्यार्थीलाई पढाउँछन्
भने अर्कोले प्रश्नहरुको जवाफ दिने वा बच्चाहरुमाथि निगरानी गर्नेछन् ।
जीवनको हरेक पल सँगसँगै बिताउने उनीहरुको शरीरिक बनोट अनौठो छ । उनीहरुको
फोक्सो, मुटु र पेट दुई छ तर, प्रजजन अंग र कलेजो एउटै छ । एब्बी र
ब्रिटनीले बाल्यकालदेखि नै शरीर जोडिएका कारण एकअर्काको गतिविधीमा तालमेल
मिलाउन सिके । जस्तो कि एब्बी दायाँ हात नियन्त्रण गर्छिन् भने बि्रटनी
बायाँ ।
उनीहरुको उचाईमा पनि अन्तर छ । एक्बी ५ फुट २ इन्चकी छिन् भने बि्रटनीको
लम्बाई ४ फुट १० इन्च छ, जसका कारण बि्रटनी संतुलन कायम राख्न खुट्टाको
पंजाले टेक्छिन् । यस्तो सन्तुलन उनीहरुले खानपानलेखि समाजिक जीवन र
कपडामा समेत मिलाउनु पर्छ ।
एब्बी भन्छिन्-'हाम्रो एकदमै अलग छौं । म मस्त र रमाइलो गर्न रुचाउँछु
भने ब्रिटनी सन्तुलित र गम्भीर स्वभावकी छिन् ।' कुन कपडा लगाउने भन्नेमा
एब्बीले सँधै जित्ने ब्रिटनीले बताइन् । एब्बी घरमै बस्न रुचाउँछिन् भने
ब्रिटनीलाई बाहिर घुम्न मन लाग्छ ।
बि्रटनीलाई उग्लो ठाउँमा जान डर लाग्छ भने एब्बीलाई त्यस्तो ठाउँमा जान
रुचाउँछिन् । गणित र विज्ञान अध्ययन एब्बीको रुचीको विषय हो भने
बि्रटनीको रुची कलामा छ ।
केही कप कफी खाएपछि ब्रिटनीको मुटुको धड्कन बढ्छ । तर, एब्बीलाई कुनै असर
गर्दैन ।– एनेन्सीको सहयोगमा

No comments:

Post a Comment