Sunday, April 28, 2013

वैद्य माओवादी भारतीय दूतावास घेर्दै

प्रचण्ड दिल्लीमै हुँदा काठमाडौंमा प्रदर्शन
१६ बैशाख, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डले भारतसँग सम्बन्ध
सुधार्ने भन्दै दिल्लीमा त्यहाँका अधिकारीहरुसँग भेटघाट जारी राखेकै बेला
काठमाडौंमा वैद्य नेतृत्वको ३३ दलीय मोर्चाले आज भारतीय दुतावास अगाडि
विरोध प्रदर्शन गर्नेभएको छ ।
अपरान्ह लैनचौरबाट निकालिने जुलुस दूताबास अगाडि पुगेपछि ज्ञापनपत्र
बुझाइने नेताहरुले बताएका छन् । विरोध प्रदर्शनमा ३३ दलका शीर्ष नेताहरु
सहभागी हुने कार्यक्रम रहेको बताइएको छ । कार्यक्रममा आफ्नो दलको तर्फबाट
उपाध्यक्ष सीपी गजुरेलले नेतृत्व गर्ने माओवादी प्रवक्ता पम्फा भुसालले
अनलाइनखबरलाई बताउनुभयो ।
'बिराटनगरमा अवैधानिक एवं अनधिकृतरुपमा खोलिएको भारतीय कार्यालय हटाउनका
लागि हामीले लैनचौरबाट विरोध जुलुससहित दूताबास अगाडि प्रदर्शन गर्ने
कार्यक्रम राखेका हौं ।'-वैद्यको मोर्चामा सहभागी एक नेताले अनलाइनखबरसँग
भने ।
पाँचवर्षदेखि भारतले बिराटनगरमा खोलेको कार्यालय अवैध भएको भन्दै ३३ दलले
त्यसलाई हटाउनुपर्ने माग गर्दैआएका छन् । सो कार्यालय हटाउन नेपाल
सरकारले भारतीय दूतावासलाई पत्रचार गर्दासमेत भारतले हटाएको छैन । सो
कार्यालय बिराटनगरबाट हटाउनुपर्ने माग जायज रहेको धारणा पूर्वाञ्चलका
सरकारी अधिकारीहरुले समेत व्यक्त गर्दै आएका छन् ।
source onlinekhabar.com

No comments:

Post a Comment