Monday, April 29, 2013

सर्वस्वहरण भयो, म जिउँदो सहीद हुँ : पर्शुराम बस्नेत

झलनाथ खनालविरुद्ध खेद प्रस्ताव राख्नेले माफी मागे
१६ बैशाख, बिराटनगर । एमाले जिल्ला नेता एवं युवा संघका निर्वाचित
केन्द्रीय सदस्य पर्शुराम बस्नेतले आफूलाई एमालेको जिउँदो सहीद
बताउनुभएको छ । साथै सरकारले आफ्नो सर्वस्वहरण गरेको भन्दै बस्नेतले
रोक्का सम्पत्ति फुकुवाका लागि पहल गरिदिन एमालेसँग आग्रहसमेत गर्नुभएको
छ ।
एमाले मोरङ जिल्ला कमिटी सदस्यसमेत रहनुभएका बस्नेतले जिल्ला कमिटी
बैठकमा बोल्दै आफूलाई अदालतले सफाइ दिएकाले आफूमाथि लगाइएको डनको आरोप
फिर्ता लिई माफी माग्न जिल्ला नेतृत्वसँग आग्रह गर्नुभएको हो ।
बस्नेतको भनाइ उधृत गर्दै एमालेका एक जिल्ला नेताले अनलाइनखबरलाई भने-
'मलाई पार्टीभित्रैबाट अपराधीका रुपमा प्रचार गरियो, तर अदालतले मलाई
सफाइ दिएको छ । अब ममाथि आरोप लगाउनेहरुले माफी माग्नुपर्छ ।'पत्रकार
खिलनाथ ढकालमाथि कुटपिट गरेको र गुण्डागर्दीमा संलग्न भएको आरोप लागेका
बस्नेतले जिल्ला अदालतबाट सफाइ पाएपछि आफ्नो सम्पत्तिमाथि राज्यले लगाएको
रोक्का फुकुवाका लागि पहल गरिदिन बैठकमा आग्रह गरेको स्रोतको कथन छ ।
'अहिले सरकारले मेरो बुबाको सम्पत्तिसमेत रोक्का गरिराखेको छ, मेरो
सर्वस्वहरण भएको छ । म पार्टीको जिउँदो सहीद हुँ ।'- बैठकमा बस्नेतको
भनाइ थियो ।
पार्टी सचिवले माफी मागे
आफ्नै पार्टीका केन्द्रीय अध्यक्ष झलनाथ खनालविरुद्ध जिल्ला कमिटीमा खेद
प्रस्ताव ल्याउने एमाले मोरंगका सचिव ऋषि पोखरेलले बैठकमा माफी
माग्नुभएको छ । एमाले जिल्ला अधिवेशनमा भाषण गर्नेक्रममा अध्यक्ष खनालले
पार्टीभित्र डन र गुण्डागर्दी बढेको सुनेको छु, त्यस्तो गुण्डागर्दी
चल्दैन भन्नुभएपछि ओली खेमाका पोखरेलले खनालविरुद्ध जिल्ला कमिटीको पहिलो
बैठकमै खेदप्रस्ताव राख्नुभएको थियो । अध्यक्षविरुद्ध जिल्ला कमिटीले
त्यस्तो प्रस्ताव ल्याउन नमिल्ने भन्दै जिल्ला अध्यक्ष महेश रेग्मी र
खनाल पक्षधर सदस्यले विरोध गर्दै आएका थिए । ८३ जनाको जिल्ला कमिटीमा ११
जनाले खनालविरुद्ध खेद प्रस्ताव ल्याउनुपर्ने भन्दै आएका थिए । अन्तिममा
सचिव पोखरेलले आफूबाट गल्ती भएको भन्दै माफी मागेपछि यो विवाद पटाक्षेप
भएको छ ।
कुटेर खेदिएकालाई घर र्फकन आग्रह
आफ्नै पार्टीभित्र पर्शुराम बस्नेत र विनोद ढबाल समूहबाट पिटाइ खाएर
एमाले छाडेका पुराना नेताहरुलाई एमालेमा फिर्ता ल्याउने निर्णयसमेत एमाले
मोरङले गरेको बुझिएको छ । 'पार्टीकै मान्छेबाट कुटेर खेदिएका साथीहरुलाई
घर र्फकन आग्रह गर्ने निर्णय भएको छ ।' मोरङका एक जिल्ला सदस्यले
अनलाइनखबरसँग भने । मोरङका पूर्वजिविस सभापति एवं एमाले नेता टुलुराम
राजबंशीलाई कार्यालयमै कुटेर कालोमोसो दलिएपछि राजबंशी अहिले मधेसी
जनआधिकार फोरममा लाग्नुभएको छ । त्यस्तै एमाले नेता एवं बिराटनगरका
चर्चित बुद्धिजीवी हेमराज पन्त यतिबेलाएमाओवादीमा लाग्नुभएको छ ।
पार्टीभित्रका डनबाट पिटाइ खाएका अर्का एमाले नेता सत्यनारयण साह चाँहि
कौटिल्य नेतृत्वको सशस्त्र समूहमा लाग्नुभएको छ । पार्टीअध्यक्ष मधेश
रेग्मीले भने पार्टीभित्रैका डनका हातबाट पिटाइ खाए एमाले छाड्नुभएन ।
उता एमालेले कुटिनेहरुलाई घर र्फकन निर्णय गरेरहेका बेला अर्का पुराना
नेता भूराज राई भने अशोक राईतिर लाग्नुभएको छ । मोरङका अर्का पुराना नेता
लब प्रधान भने माओवादी बन्नुभएको छ ।

No comments:

Post a Comment