Monday, April 29, 2013

टुप्पीले झुण्डिएर नदी तर्न खोज्दा स्टन्टम्यानको मृत्यु (भिडियोसहित)

१६ वैशाख, काठमाडौं । टुप्पीको मद्दतले झुण्डिएर नदी पार गर्ने क्रमममा
गिनीज वर्ल्ड रेकर्डधारी स्टन्टम्यान शैलेन्द्रनाथ रायको मृत्यु भएको छ ।
उनी सिलिगुडी नजिकैको सीवोक कोरोनेशन बि्रजको टिस्टा नदी पार गर्ने
प्रयासमा थिए । ४ सय फिट लामो केबल ७५ फिट उचाई थियो र राय घिर्नीमा
आफ्नो टुप्पी बाँधेर नदी पार गर्ने प्रयासमा थिए ।
उनको स्टन्ट आफ्नो क्यामरामा कैद गर्न आएका स्थानीय फोटो ग्राफर बलाई
सुत्रधारका अनुसार करिव ३ सय फिट दुरी पारे गरेपछि राय अडि्कए । उनले
निस्कने निकै कोशिश पनि गरे । झण्डै ३० मिनेटसम्म अडि्एपछि उनको शरीर
चल्न छाडेको प्रत्यक्षदर्शीले बताएका छन् ।
त्यसपछि उद्दार गरेर अस्पताल पुर्‍याइएपनि चिकित्सकहरुले मृतृ घोषणा
गरेका थिए । स्टन्टका लागि राय स्वयंमले नदीमा डोरी टाँगेका थिए ।
सुरक्षाका लागि उनले लाइफ ज्याकेट लगाएका थिए, तर डाक्टर र आपतकालीन
सेवाको कुनै व्यवस्था गरिएको थिएन ।
उनले यसअघि राजस्थानको अलवर जिल्लाको नीमराणामा आफ्नो कपाललाई तारमा
बाँधेर २ सय ७० फिटको दुरी पारे गरेका थिए भने दार्जलिङमा ट्रेनलाई २.५
किलोमिटरसम्म तानेका थिए ।
भिडियो video at http://www.onlinekhabar.com/2013/04/65446/

No comments:

Post a Comment