Monday, April 29, 2013

कान्छी पत्नीको ‘बबाल’ले एसएसपी सुरुवा

१७ वैशाख, काठमाण्डौ । महानगरीय प्रहरी परिसर काठमाण्डौँको प्रमुख बनेको
तीन महिनामै एसएसपी रणवहादुर चन्दको सरुवा भएको छ । 'पदीय दायित्व बहन
गर्न नसकेको भन्दै प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले
उनलाई हटाउँदै सोमवार सुबोध घिमिरेलाई ल्याएको हो । गृहले उनको सरुवाको
निर्णय गर्दै उनको ठाउँमा घिमिरेको नाममा निर्णय गरिसके पनि सोमवार
बेलुृकासम्म सरुवापत्र प्रधान कार्यालयमा आइसकेको छैन ।
काठमाण्डौँमा घटेका आपराधिक घटना अनुसन्धान सफल भएपनि ब्यक्तिगत आचरणका
कारण उनी संगठनमा आलोचित थिए । उनको लापरवाह व्यवहारका कारण संगठनको छवि
धुमिल बनेको भन्दद्यै संगठनका प्रभावशाली सदस्यहरुले प्रहरी महानिरीक्षक
कुवेर रानालाई पटक पटक काठमाण्डौँ प्रमुृख फेर्न सुझाव दिएका थिए ।
चुल्ठे मन्द्रे नियन्त्रण अभियानवाट उनी अति आलोचित भएका थिए । शुक्रवार
कान्छी श्रीमति गोमा सुवेदीले उनको कार्यकक्षमा बबाल गरेपछि उनको सरुवाको
निर्णय भएको हो ।आजको नागरिक दैनिकले समाचार छापेको छ ।
क्यासिनो नियन्त्रण निष्प्रभावी बनेको, अन्ना क्यासिनोका जिएम तप्तबहादुर
विष्टलाई हिरासतमा नराखी प्रहरी कर्मचारीको कोठामा राखेको जस्ता घटना
सार्वजनिक भएपछि गृह नेतृत्वसमेत उनीप्रति असन्तुष्ट थियो ।
source onlinekhabar.com

No comments:

Post a Comment