Monday, April 22, 2013

चैतमा ४१ हजार नेपालीले रोजगारीका लागि मुलुक छाडे

१० बैशाख, काठमाण्डौ । गत चैत महिनामा बैदेशिक रोजगारीका लागि ४१ हजार ६
सय ४० जना नेपालीले मुलुक छाडेका छन् ।बैदेशिक रोजगार बिभागका अनुसार चैत
महिनामा २५ हजार २ सय २६ नेपालीहरु पहिलोपटक बिदैशिक रोजगारीमा गएका छन
भने १६ हजार ४ सय १४ जना घर बिदामा आएर फर्किएका छन् ।
यो अबधिमा बिदेशमा कार्यरत ३ हजार ७ सय २ जना नेपाली कामदारले काम
गरिरहेकै मुलुकमा बैधानिकता पाएका छन्।
बिभागका अनुसार यो महिनामा सवैभन्दा धेरै अर्थात १३ हजार ५ सय ५९ नेपाली
रोजगारीका लागि मलेसिया गएकाछन । मलेसिया गत एक बर्षदेखि लगातार नेपाली
कामदारको पहिलो गन्तब्य बन्दै आएको छ । यसैगरी कतारमा ९ हजार २ सय २५,
साउदी अरबमा ७ हजार २ सय २०, संयुक्त अरब इमरेट्समा ४ हजार ८ सय ४९,
कुवेतमा १ हजार ४ सय १८ जना गएका छन् ।
चैत महिनामा बिदेशिनेमध्ये ३हजार ८ सय ३० जना महिला रहेका छन् ।
त्यसमध्ये कुवेतमा सवैभन्दा बढिा ७ सय ३७ जना, मलेसियामा ६ सय ७४ जना,
कतारमा ८४ जना र साउदी अरेबियामा ५३ जना महिला कामदार पुगेका छन ।यही
अबधिमा बहराईनमा ३९१, ओमानमा २८५, जापानमा ८५ र जोर्डनमा ५६ जना नेपाली
कामदार गएका छन् । कोरियामा १७ जना महिलासहित ५४८ जना नेपाली कामदार गएका
छन् ।

No comments:

Post a Comment