Sunday, April 28, 2013

सुरक्षा निकायका लागि भारतसँग आठ सय सवारी मागियो

काठमाडौ, वैशाख १६ - सरकारले संविधानसभा चुनावका लागि ८ सय सवारी साधन
सहयोगस्वरूप उपलब्ध गराउन भारतसँग औपचारिक आग्रह गरेको छ । गृह
मन्त्रालयले परराष्ट्र मन्त्रालय हुँदै भारतीय दूतावासमार्फत यस्तो
आग्रहसहितको पत्र पठाएको हो ।
गृह प्रशासनअन्तर्गत तीन सुरक्षा निकायसहित सबै विभागलाई आवश्यक सवारी
साधन संख्या खुलाएर आग्रह गरिएको स्रोतले बतायो । तीन सयभन्दा बढी साधन
नेपाली प्रहरीका लागि मागिएको हो । प्रहरीका तल्ला इकाईदेखि प्रधान
कार्यालयसम्म, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, गृहका अन्य
विभाग, जिल्ला प्रशासनलगायतलाई विभिन्न खालेगाडी मागिएको छ ।
अघिल्लो संविधानसभा निर्वाचनका लागि पनि भारतले चार सयभन्दा बढी सवारी
साधन उपलब्ध गराएको थियो । १ अर्ब रुपैयाँभन्दा बढीको यो सहयोगका लागि
भारतीय पक्षले सकारात्मक संकेत दिइसकेको अधिकारीहरू बताउँछन् ।
प्रकाशित मिति: २०७० वैशाख १६ ११:४४

No comments:

Post a Comment