Sunday, April 28, 2013

अन्तरजातीय विवाह गर्ने जोडी गाउँ निकाला

१६ वैशाख, नुवाकोट । कथित तल्लो जातिसँग अन्तरजातीय विवाह गरेको आरोपमा
नुवाकोटमा एक किशोर जोडीलाई आफन्त र गाउँलेहरु मिलेर गाउँबाट लखेटेका छन्
। जिल्ला सदरमुकाम विदुरसँगै जोडिएको खानीगाउँ ५ लब्धुकी १७ बर्षकी
संगिता राईले रालुकादेवी ७ का १६ बर्षका राजु विकसँग विवाह गरेका कारण
सयौंको संख्यामा रहेका स्थानीइ गाउँलेहरुले अमानवीयतापूर्वक गाउँबाट
निकाला गरेका हुन् ।
खानीगाउँस्थित लब्धुका स्थानीय तुलबहादुर विकको घरमा विगत तीन
वर्षअघिदेखि काम गरी बस्दै आएका राजुसँग यही चैत ५ गते राईले विवाह गरेकी
थिइन् । नजिकैको नारायणदेवी उच्च माविमा कक्षा ८ मा पढ्दै गरेकी राईको
आफ्नो घरनजिकै कस्ने राजुसँगको निरन्तरको भेटघाटबाट प्रेम सम्बन्धका कारण
हिमचिम बढ्दै गएपछि लगनगाँठो कस्सिएको खबर नेपाल समाचारपत्रले छापेको छ ।
राई अति निम्न परिवारकी हुन् । उनी बाबुको मृत्यु भइसकेकाले घरमा आमासँग
बस्दै आएकी थिइन । विवाहपश्चात गाउँबाट भागेर हिँडेका उनीहरु तीनदिन अघि
फर्केर सोही घरमा आइ लुकेर बसेको थाहा पाएपछि राई समुदायका गाउँलेहरु,
आफन्त र परिवारले शनिबार अकास्मात घरमाघेरा हालेका थिए । उनीहरुले तल्लो
जातिकासँग बिहे गरेकोलाईगाँउमा बस्न दिनुहुदैन भन्दै गाउँ निकाला गरेका
थिए ।

No comments:

Post a Comment