Wednesday, May 1, 2013

'१० वर्ष शासन गर्न दिनुहोस्, प्रतिव्यक्ति आयतीन हजार डलर पुर्‍याउछौं'

इटहरी, वैशाख १८ - पूर्वप्रधानमन्त्री एवं एमाओवादी उपाध्यक्ष बाबुराम
भट्टराईले १० वर्षसम्म आफ्नो पार्टीलाई शासन गर्ने अभिमत दिन आग्रह गरेका
छन् ।
मजदुर दिवसका अवसरमा बुधबार सुनसरीको इटहरीमा भएको जनसभामा भट्टराईले
एमाओवादीले१० वर्षसम्म शासन चलाउने अभिमत पाए प्रतिव्यक्ति आय तीन हजार
डलर पुर्‍याउने आश्वासन दिए । उनले एमाओवादीसँगमात्र मुलुक चलाउने
नेतृत्व र नीति रहेको उल्लेख गरे ।
भट्टराईले राष्ट्रपति र सभामुख गुमाउँदा संविधासभा जोगाउन नसकिएको बताए ।
'राष्ट्रपति, संविधानसभाका अध्यक्ष आवश्यक छ भन्ने बुझ्न सकिएन, त्यो
नेतृत्व गुम्यो,' उनले भने, 'त्यहाँ पडक नहुँदा परिवर्तनका मुद्दामा
एक्ल्याउँदै लैजाने रणनीतिमा उनीहरु सफल भए ।'
भट्टराईले पुरातन शक्ति एकातिर र परिवर्तनकारी बाँकी अर्कोतिर हुँदा
संविधानसभा विघटन भएको बताए । 'पुराना शक्तिहरुले राजतन्त्रको ठाउँ लिने
कोसिस गरे, एकात्मक प्रणाली अपनाउने धृष्टता गरे,' उनले भने, 'हामीले
त्यसलाई स्वकार्न सकेनौं ।'
आगामी चुनावमा कांग्रेसको नेतृत्वमा यथास्थितिवादी र एमाओवादी नेतृत्वमा
परिवर्तनकार्मी शक्तिहरु ध्रुविकृत हुने उनले बताए । 'अब भेडा, भेडासँग
बाख्रा बाख्रासँग हुने अवस्था आएको छ,' उनले भने ।
source onlinekhabar.com

No comments:

Post a Comment