Wednesday, May 1, 2013

दाईसँग रोकिएपछि भाईसँग बिहे

१९ वैशाख, सर्लाही । सर्लाहीको चितायनमा दाईको लागि ठिक पारिएकी युवतीको
हतारमा भाईसँग बिबाह भएको छ । साइतको तीन दिनअघि सर्लाही जिल्ला अदालतले
निर्धारित बिहे रोक्न अन्तरिम आदेश दिएपछि दाईका लागि ठिक पारिएकी युवती
भाईले भित्र्याए ।
गत शुत्रबार हरिपुर ४ चितायनका २२ वर्षका विपिसिंह चौधरीलाई जिल्ला
अदालतले दोस्रो बिहे गर्न रोक लगाएको थियो । विपिसिंहसँग बिहे नहुने
भएपछि उनैका कान्छा भाई पि्रन्ससिंह चौधरी बेहुला बनेका हुन् ।
विपिसिंह र हरिपुर २ पाँचगाछीकी १७ बर्षकी अम्बिका चौधरीबीच वैशाख १६ गते
विवाह गर्ने तय भएको नागरिक दैनिकमा खबर छ । तर, २३ बर्षकी भवानी चौधरीले
पति विपिसिंहले आफूमाथि सौता हाल्न लागेको भन्दै दोस्रो बिहेको निम्तो
काडसमेत संलग्न राखेर निषेधाज्ञा माग गर्दै बिहीबार अदालतमा निवेदन दिएकी
थिइन् । जिल्ला न्यायाधीश माधव पोखरेलको इजलासले शुक्रबार विवाह रोक्न
आदेश दिएको थियो । पछि विवाहको सबै तयारी भइसकेको र आफन्त तथा गाउँलेलाई
निम्ता गरिसकेका दुवै पक्ष विपिको कान्छो भाई पि्रन्स र अम्बिकाबीच
लगनगाँठो कस्न सहमत भएका हुन् ।
भवानीको माग अनुसार जिल्ला अदालत सर्लाहीले पहिलो पटक विवाह रोक्न
अन्तरिम आदेश दिएको थियो ।

No comments:

Post a Comment