Wednesday, May 1, 2013

चितुवाको आक्रमणबाट राष्ट्रपति घाइते

१९ वैशाख, काठमाण्डौ । चितुवाको आक्रमणमा अफ्रिकी देश बोत्सवानाका
राष्ट्रपति इयान खामा घाइते भएका छन् । चितुवाको पन्जाले अनुहारमा
चिथोरेका कारण टाँका लगाउनु परेको छ ।
अधिकारीहरुका अनुसार एक आर्मी ब्यारेकमा रहेको आबास गृहमा रहेको
चितुवालाई खाना खुवाईरहेको दृष्य हेरिरहेका राष्ट्रपतिमाथि अचानक आक्रमण
भएको हो । चितुवाले यति छिटो आक्रमण ग¥यो कि अंग रक्षकहरुले
राष्ट्रपतिलाई सुरक्षा दिने कुनै प्रयास नै गर्न पाएनन् ।
सरकारका प्रवक्ताले यसलाई आक्रमण नभई एक दुर्घटना भएको बताए । घटनापछि एक
बैठकमा राष्ट्रपति खामा अनुहारभरी पट्टी लगाएर उपस्थित भएको बीबीसीले
जनाएको छ । प्रवक्ताले राष्ट्रपति अस्पताल भर्ना नभएको तर डाक्टरले नाकमा
टाँका लगाउनुपरेको बताएका छन ।
खामाले सन् १९८९ मा बोत्सवाना डिफेन्स फोर्स एनिमल एवोयरनेस पार्क
स्थापना गरेका थिए । पार्कमा बिभिन्न प्रजातिका जनावरहरु राखिएका छन जहाँ
उनले आफ्ना सैनिकलाई जनावरको आनावानीबारे तालिम दिने गर्दछन ।
source onlinekhabar.com

No comments:

Post a Comment