Saturday, May 4, 2013

श्रीमतीको हत्यापछि श्रीमानद्वारा आत्महत्या

२१ वैशाख, कैलाली । कैलालीमा एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरी
आफूले पनि विष शेवन गरेर आत्महत्या गरेका छन् । शनिवार दिउँसो कैलालीको
दरखा-५ सुख्खडका स्थानीय २५ वर्षीय प्रेम न्यौपानेले आफ्नी २३ वर्षीय
श्रीमती सुनिता न्यौपानेलाई घोडाघोडी ताल नजिकैको जंगलमा दाउरा ल्याउन
गएका बेला हसियाँ प्रहार गरी हत्या गरेका हुन् । मृतक सुनिताको टाउँकोमा
गहिरो चोट लागेको छ ।
श्रीमतीको हत्या लगत्तै आफूले पनि विष शेवन गरेर आत्म हत्या गरेका हुन् ।
विष शेवनपछि छटपटाउदै घर आएका प्रेमले आफूले विष शेवन गरेको र आफूलाई
अस्पताल लैजान स्थानीयलाई आग्रह गरेपछि स्थानीयले अस्पताल पुर्‍याएका थिए
। उपचारका लागि कैलालीको घोडाघोडी अस्पताल पुर्‍याए लगत्तै उनको मृत्यु
भएको प्रहरीले जनाएको छ ।
जेठी श्रीमती अर्कासंगै पोइल गएपछि कान्छी श्रीमतीका रुपमा प्रेमले
सुनितालाई भित्राएका थिए । जेठी श्रीमतीवाट जन्मेका ३ बर्षीय छोरा रमेश
न्यौपाने सवारी दुर्घटनामा परी घाइते भएपछि तनावमा रहेका प्रेमले कान्छी
श्रीमतीसंग विवाद भएपछिउनको हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि पठाइएको छ ।

No comments:

Post a Comment