Wednesday, May 1, 2013

रसियन यौनकर्मी नेपालमा

१९ वैशाख, काठमाण्डौं । विश्वका अधिकांश पर्यटकीय सहरमा पुगेकारसियन
यौनकर्मीले नेपाललाई समेत आफ्नो गन्तव्य बनाउन थालेका छन् । पर्यटन
भिसामा नेपाल आएर रसियन युवतीहरु यस्तो धन्दामा लागेका हुन् । राजधानीका
क्यासिनोलाई उनीहरुले आफ्नो अखडा बनाउँदै आएका छन् ।
स्रोतका अनुसार क्यासिनोमै उनीहरुले ग्राहक खोज्ने गरेका छन् । पश्चिमी
पर्यटकलाई एक सय डलर तथा भारतीयलाई उनीहरुले १० हजार भारुसम्म असुल्ने
गरेको स्रोतले बताएको छ । र्‍याड, अन्ना, भेनस, एभरेस्ट, तारा,
रोयललगायतका क्यासिनोमा आजभोलि रसियन यौनकर्मी भेटिने गरेका छन् । रोयल
क्यासिनोका सञ्चालक मिलन सापकोटा क्यासिनोहरुमा रसियन यौनकर्मीदेखि
थालेको बताउँछन् । काठमाण्डों परिसरका प्रवक्ताडिएसपी चक्रबहादुर सिंह
पनि रसियन यौनकर्मीहरु काठमाण्डौंमा रहेको हल्ला ससनिएको बताउँछन् ।
स्रोतका अनुसार उनीहरु ठमेल क्षेत्रका होटलमा बस्ने गर्दछन् । क्यासिनोका
कर्मचारीले नै उनीहरुलाई ग्राहक खोजिदिने गरेको नयाँ पत्रिकामा खबर छ ।
रसियन यौनकर्मीहरु केही महिनायता राजधानीमा देखिएका हुन् । धेरै पैसा
दिने ग्राहकहरु क्यासिनोमा हुने भएकाले उनीहरुले क्यासिनोलाई अखाडा
बनाउने गरेका हुन् ।

No comments:

Post a Comment