Sunday, May 5, 2013

नेपालले जित्यो आईसीसी वर्ल्ड क्रिकेट डिभिजन-३ को उपाधि

डिभिजन-३ को उपाधि
२३ वैशाख, काठमाण्डौं । नेपालले आईसीसी वल्डकप लिग डिभिजन थि्रको विजेता
बनेको छ । बर्मुडामा नेपाली समयअनुसार आईतबार राति भएको खेलमा
युगान्डालाई ५ विकेटले पराजित गर्दै उपाधि विजेता भएको हो ।
एक सय ५२ रनको चुनौति पाएको नेपालले ३९ दशमलब २ ओभर खेल्दै पाँच विकेटको
क्षतिमा निर्धारित लक्ष्य पुरा गरेको थियो ।
जीत दर्ताका लागि सरद भेसवाकरले नटआउट ५० रन बनाए भनेपृथु बास्कोटाले पनि
नट आउट १९ रन बनाए । त्यस्तै प्रदीप ऐरीले ६० रन बनाएका थिए भने र विनोद
भन्डारी र ज्ञानेन्द्र मल्लले ५/५ रन बनाएका थिए भने शिव खकुरेल ४ रन र
पारस खड्का एक रन बनाएर आउट भएका थिए । खेल अवघिभर नेपालले ८ वटा वाइड
पाएको थियो ।
अब नेपालले १० टोली समावेश विश्वकप क्लालिफायर खेल्नेछ। प्रतियोगितामा
नेपालसँगै अफगानिस्तान, क्यानाडा, केन्या, स्कटल्यान्ड युगान्डा, हङकङ,
पपुवान्युगिनी, युएई र नामिबिया छन्।
यो प्रतियोगिताको शीर्ष दुई टिमले विश्वकप क्रिकेट खेल्नेछन् भने
त्यसपछिका दुई टिमले चार वर्षसम्म एक दिवसीय क्रिकेटको मान्यता पाउनेछन्।

No comments:

Post a Comment