Sunday, May 5, 2013

एक हजार प्रहरी घरेलु कामदार

२३ वैशाख, काठमाण्डौं । नेपाल प्रहरीमा रहेका ६१ हजार १ सय ७१
दरबन्दीमध्ये एक हजारभन्दा बढी अझै घरेलु मजदुरका रुपमा रहेको उच्च
प्रहरी अधिकारीहरुले जनाएका छन् । प्रहरीका परिचर, जवान र हवल्दार सम्मको
ठूलो संख्या राजनीतिका प्रभावशाली नेता र उच्चप्रहरी अधिकारीको घरमा
घरेलु कामदारका रुपमा कामदार छन् ।
पूर्वगृहमन्त्री रहेका राजनीतिक दलका प्रभावशाली नेता, प्रहरी
निरीक्षकदेखि महानिरीक्षकसम्मले नियमविपरीत प्रहरीलाई घरमा राख्ने र काम
लगाउने गर्दै आएका छन् । प्रहरी संगठनभित्र प्रहरी वरिष्ठ उपरीक्षक
(एसएसपी) देखि चालक र सुरक्षा गार्ड पाउने व्यवस्था छ ।
प्रथम श्रेणीका एसएसपी र नायव महानिरीक्षक (डिआईजी), विशिष्ठ श्रेणीका
अतिरिक्त महानिरीक्षक (एआईजिपी) र महानिरीक्षक (आईजिपी)ले आफ्नो इच्छा
अनुसार सुरक्षाका नाममा तल्लो दर्जाका प्रहरीलाई घरेलु काम लगाउने गर्दै
आएका छन् । 'प्रथम श्रेणीका अधिकृतलाई एक जना चालक दिने व्यवस्था भए पनि
अधिकांशले व्यक्तिगत सहायक (पिए), व्यक्तिगत सुरक्षाअधिकारी (पिएसओ)
राखेका छन्,' प्रहरीका एक उच्च अधिकारीले भने हिमालय टाइम्समा खबर छ ।

No comments:

Post a Comment