Wednesday, May 1, 2013

उपचार गर्न गएका नेपाली कोरियाको अस्पतालबाटै पक्राउ

सोल । बिरामी भएर उपचारका लागि अस्पताल पुगेका एक नेपाली दक्षिण
कोरियास्थित अस्पतालबाटै पक्राउ परेका छन् । ज्वरो र पखलाले सताएर उपचार
गराउन कोरियाको थेगु अस्पताल पुगेका पोखराका सुरज सुनुवारलाई अस्पतालले
पक्रउ गरी मंग्लबार अध्यागमनलाई जिम्मा लगाएको हो ।
पाँच महिनादेखि अवैधानिक रूपमा कोरियामा रहँदै आएका सुनुवारलाई अस्पतालले
उपचारका क्रममा परिचयपत्र माग गर्दा नभेटिएपछि प्रहरीलाई बोलाई जिम्मा
लगाएको कोरियाका ब्यवसायी बुद्धि गुरुङ्गलेबताउनु भएको छ ।
मंगलवारमात्रै उनले आफु उपचारका क्रममा पक्राउ परेको फोनबाट मामा हिरा
सुनवारलाई जानकारी गराएका थिए ।
कोरियन अध्यागमन विभागले छापा मार्दा मात्र अवैधानिक विदेशी मजदुरहरूलाई
पक्राउ गर्ने गरिए पनि उपचारका क्रममा हस्पिटलले नै पक्रउ गरी
अध्यागमनलाई जिम्मा लगाउनुलाइ अनौठो मानिएको छ ।
कोरियामा अवैधानिक नेपालीहरूको सङ्ख्या अन्य देशकोतुलनामा कम रहेको छ ।
सबै भन्दा बढी अवैधानिक चाईनिज, भियतनाम, ईन्डोनेशिया र मंगोलियाका रहेका
छन । अवैधानिक नेपालीहरू चार प्रतिशत रहेको कोरियास्थितथेजन अध्यागमन
विभागको एक सर्वेक्षणले देखाएको छ ।
पछिल्लो दिनमा इपीएसबाट आएका नेपालीहरु पनि अबैधानिक बन्ने क्रम बढिरहेको
छ । सामान्यतया नेपालबाटै कामदार लैजाने कम्पनीले अनुमति दिएको खण्डमा
तीनवटासम्म कम्पनी परिवर्तन गर्न पाउने ब्यबस्था भएपनि कम्पनीले अनुमति
नदिंदा पहिलोपटक कम्पनी छाड्दा नै अबैधानिक हुने गरेका छन ।

No comments:

Post a Comment