Wednesday, May 1, 2013

वैद्यपक्षले भाटा हान्दा दाहाल गम्भीर घाइते

१८ वैशाख, मोरङ । मजदुर दिवसका दिन एमाओवादी र वैद्यपक्षीय माओवादीवीच
गुडिरहेको गाडीको छतमै भाटा हानाहान हुँदा बुधबार मोरंगको बेलबारीमा
एमाओवादीका एक कार्यकर्ता गम्भीर घाइते भएका छन् ।
बयरवन-८, रमाईलोबाट एमाओवादीको आमसभामा भाग लिन गाडी चढेर इटहरीतर्फ
आइरहेका कार्यकर्ता डम्बरबहादुर दाहाललाई गाडी चढेर विपरीत दिशातिर
गइरहेका वैद्य पक्षका कार्यकर्ताले गाडीको छतबाटै भाटाले हानेर शक्त
घाइते बनाएका हुन् ।
पूर्व झापातर्फ जाँदै गरेको बसको छतबाट एमाओवादी कार्यकर्ता चढेको बसको
छतमा वैद्यका कार्यकर्ताले भाटा प्रहार गरेका थिए । भाटा प्रहारबाट अर्को
बसको छतमा रहेका दहाललाई लागेको थियो । उनको कन्चटमा गहिरो चोट लागेको
स्थानीय पत्रकार भक्तशेर लिम्बुले अनलाइनखबरलाई जानकारी दिनुभयो ।
बेलबारीस्थित नोबेल सामुदायिक उपचारकेन्द्रमा राखिएका दाहालको टाउकोमा
पन्ध्र टाँका लगाइएको छ । उनका तीनवटा नसामा समेत असर परेको चिकित्सकले
बताएका छन् ।उनको बेलबारी नोवेल सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
यसैवीच एमाओवादीले विज्ञप्ति प्रकाशित गरेर वैद्यका कार्यकर्ताले गरेको
व्यवहारलाई अमानवीय हर्कत बताएको छ ।source onlinekhabar.com

No comments:

Post a Comment