Sunday, May 5, 2013

ठगिएका ११ युवा न्यायको खोजीमा

काठमाडौ, वैशाख २२ - हलुका सवारी चालकका रुपमा काम दिइने सम्झौता गराएर
कुवेत लगिएका एघार युवालाई १० महिनायता क्लिनर काममा लगाएर सेवा-सुविधा
समेतमा ठगी गरेको आरोप पुष्टी भएपछि सम्बन्धीत म्यानपावरलाई कारवाही गर्न
कुवेत दुतावासले पत्रचार गरेको छ ।
इम्प्लोएमेन्ट लिंक नेपाल प्रालिलाई बढीमा १ लाख २० हजार रुपैंयासम्म
बुझाएर कुवेत पुगेका नेपाली श्रमिकले आफूसँगको करार-सम्झौताअनुसार काम
नपाएपछि आफूसम्बद्ध म्यानपावरलाई जानकारी गराउँदै आएका थिए । 'तर कहिल्यै
सुनुवाइ भएन । हामी पत्राचार गर्दैछौं, कुवेत आएर समस्या सुल्झाइनेछ'
भन्दै इम्प्लोएमेन्ट लिंकका प्रबन्धक मधुकर रिजालले अल्मल्याएपछि
दुतावासमा गएर घर फिर्ता आएको पीडित युवा शम्भुलाल श्रेष्ठले बताए ।
कुवेतस्थित दुतावासको पहलमा शम्भुलालसहित श्रमिकहरु भीमबहादुर थापा,
चित्रबहादुर बिक, कुला गिरी, कृष्णबहादुर सिंह, प्रकाशराज ढकाल,
श्रीकृष्ण महतो, सरोजप्रकाश खत्री, ताराबीर बोहोरा, धनकुमार
श्रेष्ठ,श्रीकृष्ण महतो र शेख जमाइल मुश्लिम यसै साता काठमाडौं फिरेका
छन् । उनीहरु कुवेतस्थित सेक्युरिटी एण्ड टेक्निकल सर्भिसेज ग्रुपमा
रोजगारीका लागि पुगेका थिए । उनीहरुलाई सम्झौतामा १२० केडी तलब दिने
भनिएकोमा ६० केडी (१८ हजार रुपैंया) मात्रै दिएर क्लिनर काम लगाइएको थियो

कुवेतस्थित श्रम सहचारी सृजना तिवारीले बैदेशिक रोजगार बिभागलाई पत्र
लेख्दै यी श्रमिकलाई भनिएबमोजिमको काम र सेवा-सुविधा नदिने म्यानपावरलाई
हदैसम्मको कारवाही तथा क्षतीपुर्ती भराउन पत्र लेखेकी छिन् । 'उताको
कम्पनीले तोकेबमोजिमको काम दिन नसकेर समस्या उब्जिएको हो, यसमा मेरो दोष
छैन,'समस्याबाट उम्कन खोज्दै म्यानपावर प्रतिनिधि रिजालले भने ।

No comments:

Post a Comment