Sunday, May 5, 2013

बिदेसिने कामदारलाई विमानस्थलमा सहज प्रवेश दिइने

२३ वैशाख, काठमाण्डौं । सरकारले बिदेसिने नेपाली कामदारलाई त्रिभुवन
अन्तर्राष्ट्रिय विमानस्थलबाट सहज प्रवेश दिन विभिन्न निकायको अधिकार र
कर्तव्य छुट्टनिे गरी कार्यबिधी प्रणाली (एसओपी) ल्याउने तयारी गरेको छ ।
बिदेसिने युवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनावश्यक दुःख
दिने काम भएको भन्दै एसओपी ल्याउन लागिएको हो ।
श्रम तथा रोजगार मन्त्रालयका अनुसार बिदेसिने कामदारको भिसा, टिकट र
श्रमस्वीकृतिलगायत विभिन्न डकुमेन्ट जाँच गर्ने अधिकार छुट्टाछुट्टै
निकायलाई तोक्ने गरी एसओपी निर्माणका लागि छलफल अघि बढाएको हो । वैदेशिक
रोजगार विभागले पूर्व र अन्तिम श्रम स्वीकृति दिने, श्रम डेस्कले श्रम
स्वीकृति दिए/नदिएको हेर्ने, अध्यागमन विभागले भिसा हेर्ने, एयरलायन्सले
टिकट र प्रहरीले लगेज -अवैध सामान बोकेको छ/छैन) जाँच गर्ने अधिकार दिएको
कारोबार दैनिकमा खबर छ ।
श्रम मन्त्रालयका सहसचिव तथा प्रवक्ता वृद्धिबहादुर खड्काले वैदेशिक
रोजगार विभाग, अध्यागम, एयरलायन्स, प्रहरीले जाँच गर्न पाउने डकुमेन्ट
छुट्टयाउन एसओपी छिट्टै लागु गर्ने बताए ।

No comments:

Post a Comment