Sunday, May 5, 2013

यस्तै हो भने जनताले हामीलाई झुन्ड्याउँछन् : प्रचण्ड

पार्टीलाई भर्याङ बनाई सम्पत्ति नकमाउन आग्रह
२२ वैशाख, सर्लाही । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल
प्रचण्डले कार्यकर्ता र जनताले अपेक्षा गरेको भन्दा विपरीत बाटोमा लागेर
आफूहरु बिगि्रएको बताउनुभएको छ । अब पनि नसुधि्रने हो भने एमाओवादी
नेताहरुलाई जनताले झुण्ड्याउने प्रचण्डको निश्कर्ष छ ।
सर्लाहीमा आइतबार दिउँसो आयोजित मधेस ब्यूरोस्तरीय आन्तरिक प्रशिक्षण
कार्यक्रममा प्रचण्डले भन्नुभयो-'कार्यकर्ताभन्दा हामी धेरै बिग्रियौं,
जनताले अपक्षा गरेको भन्दा कहाँनेर बिगि्रयो, छुट्याउन गाह्रो छ ।' विचार
समूहका नाममा हामीले गुट बनायौं । अब पनि हामी रुपान्तरित नहुने हो भने
जनताले हामीलाई झुन्ड्याउँछन् ।'
विगतमा सोभियत संघका कम्युनिष्ट नेता लेनिनले बोल्सेभिक पार्टीले राम्रो
कामनगरे जनताले झुन्ड्याउने बताएको स्मरण गराउँदै प्रचण्डले
कार्यकर्ताहरुसँग भन्नुभयो- 'हाम्रो पनि त्यही हालत हुनेछ । कसैले अहिले
पार्टीमा लागेर घर र केही सम्पत्ति जोड्यौं भन्ने ठानेकोछ भने जनताले
फ्याँकिदिन्छन् ।' पार्टीलाई र देशलाई भर्याङ बनाएर सम्पत्ति नकमाउन
अध्यक्षप्रचण्डले कार्यकर्ताहरुलाई सचेत गराउनुभयो । 'हेटौडा
महासधिवेशनले रुपान्तरणको कार्यदिशा ल्याएको छ, अब रुपान्तरण भएनौं र
सुधि्रएनौं भने हामी सिद्धिन्छौं, त्यसैले हामीले तत्काल सुधि्रन जरुरी छ
।' उहाँले भन्नुभयो ।
तर्क गर्ने क्षमता पनि भएन
अध्यक्ष प्रचण्डले एमाओवादी नेता, कार्यकर्ताले तर्क गर्नसमेत नजानेको र
मुढे बलका आधारमा बल मिच्याइँ गर्ने गरेको बताउनुभयो । 'हामीसँग तर्क
गर्ने क्षमता पनि भएन, १० वर्षसम्म मुठ्ठी बजार्यौं । हामी अहिले पनि
तर्क गर्न सक्दैनौं ।' प्रचण्डले भन्नुभयो ।
विप्लबले चुनाव नलडौं भनेको खुलासा
प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले ०६४ सालको निर्वाचन बहिस्कार
गर्न स्थायीसमितिका नेत्रविक्रम चन्दले आग्रह गरेको खुलासासमेत गर्नुभयो
। 'अघिल्लो चुनावमा हामी कार्यदिशाविहीन थियौं । स्थायी समितिमा भएका
नेत्रविक्रम चन्द विप्लवसहितका केही साथीहरुले चुनावमा जानु हुँदैन भन्दै
थिए ।' उहाँले भन्नुभयो- 'त्यसबेला सै लागेका भए १ सय २० हैन, १४०
सीटजित्थ्यौं, अहिले हामीसँग कार्यदिशा स्पष्ट छ, त्यसैले सक्रियतापूर्वक
भाग दुई तिहाइ आउन सक्छ ।'शनिबार सर्लाहीको हरिवनमा आयोजित आमसभामा भाग
लिएर सर्लाहीमै बसेका प्रचण्ड र बाबुराम लगायतका नेताहरु आइतबार साँझ
प्रशिक्षण सकेर राजधानी र्फकने कार्यक्रम रहेको एमाओवादी नेताहरुले
बताएका छन् ।

No comments:

Post a Comment